fbpx

गण्डकी विश्वविद्यालयको आयोजनामा कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता हुँदै

author

समाचारपाटी

१ year अगाडि

पोखरा । गण्डकी विश्वविद्यालयको आयोजनामा प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता–२०७९ हुने भएको छ । आयोजक गण्डकी विश्वविद्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारबाट हुन लागेको जानकारी गराएको हो । माघ ९ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशका १२ वटा माध्यमिक विद्यालयले सहभागिता जनाएको प्रतियोगिताका संयोजक डा.मधुसुदन सुवेदीले बताउनुभयाे । ‘हामीले ५ गतेसम्म दर्ता मिति राखेर प्रदेशका सबै
माध्यमिक विद्यालयलाई जानकारी गराएका थियौैं, १२ वटा विद्यालयले नाम दर्ता गराउनुभएको छ,’ उहाँले भन्नुभयाे, पहिलो पटक भएर होला अपेक्षा गरेअनुसारको टिम आउन सकेन ।’

प्रतियोगिताले खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने क्रममा सञ्चालित स्नातक तहको डिग्री कार्यक्रमको समग्र विकास र उत्थानमा समेत टेवा पुग्ने अपेक्षा गरिएको खेलकुद व्यवस्थापन संकायको संयोजक सुवेदीले बताउनुभयाे ।प्रतियोगिताका सम्पूर्ण खेलहरू नकआउट चरणमा हुनेछन् । माघ ९ गतेबाट सुरु हुने प्रतियोगिताका सेमिफाइनलको खेल माघ १२ गते र फाइनल खेल माघ १३ गते हुने आयोजकले जनाएको छ । पहिलो खेल र फाइनल खेल पोखरा रंगशालाभित्रको गाउण्डमा हुनेछ भने बाँकी खेल पोखरा रंगशाला बाहिरको गाउण्डमा हुनेछ । ‘सिमित स्रोत र साधनले गर्दा प्रतियोगिताको बाँकी खेल मुख्य गाउण्ड बाहिर गरेका हौं,’ सुवेदीले भन्नुभयाे ।

उक्त प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफि र मेडल प्राप्त गर्ने प्रतियोगिता संयोजक सुवेदीले बताउनुभयाे । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ । यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ।

यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो । विश्वविद्यालयले खेलकुद क्षेत्रको समग्र विकासलाई विशेष प्राथमिकता दिरहेको संयोजक मधुसुदन सुवेदीले बताउनुभयाे ।
समग्र खेलकुदको विकास, सम्बर्धन, प्रबर्धन र खेलकुद प्रतिको आकर्षण अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने उद्देश्यले विश्वविद्यालयले उक्त प्रतियोगिता आयोजना गरेको विश्वविद्यालयको रजिष्टार कैलाश तिमिल्सिनाले बताउनुभयाे । यस वर्षदेखि
कुलपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन गरेका छौं, यो प्रतियोगिता हरेक वर्ष सञ्चालन हुन्छ,’ उहाँले भन्नुभयाे, ‘यसले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’

२०७७ सालमा स्थापना भएको यस विश्वविद्यालयमा अहिले ५ संकायका विषयमा पठनपाठन हुँदै आएको छ । नेपालमै पहिलो पटक खेलकुद व्यवस्थापन संकायको पढाई थालेको यस विश्वविद्यालयमा नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा
शाही, नेपाली महिला क्रिकेट टिमकी खेलाडी डली भट्ट अध्ययनतर छन् ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

३०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने