fbpx

कुलपति रनिङ सिल्डः उपाधिका लागि भद्रकाली र कालिका भिड्दै

author

समाचारपाटी

२ years अगाडि

पोखरा । प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालय र भद्रकाली माध्यमिक विद्यालय भिड्ने भएका छन् । यी दुई विचको खेल पोखरा रंगशालामा आज शुक्रबार दिउँसो साढे १ बजे सुरु हुनेछ ।
गण्डकी विश्वविद्यालयले आयोजना गरेको उक्त प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो सेमीफाइलनमा भद्रकालीले इन्द्र
राज्यलक्ष्मी माध्यमिक विद्यालयलाई ६–२ ले पराजित गर्दै फाइनलको यात्रा सुनिश्चित गरेको हो ।

भद्रकालीका अमित गुरुङले ह्याट्रिक गरे । उनले खेलको ३८औं , ५५औं र ५९औं मिनेटमा गोल गरेका थिए । युक्त गुरुङ, अमिर गुरुङ र दिपेश गुरुङले १–१ गोल गरेका थिए । राज्यलक्ष्मीबाट दिनेश घर्तिमगरले २ गोल फर्काए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । उनले ५औं मिनेट र १८औं मिनेटमा गोल गरेका थिए ।

कालिकाले दोस्रो सेमीफाइलनमा सहिद स्मृति आवशीय माध्यमिक विद्यालयलाई १–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। कालिकाको जितमा तेजबहादुर गुरुङले गोल गरे । खेलको ३१औं मिनेटमा तेजले गरेको गोलनै खेलको निर्णायक भयो । सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द
टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ ।

फाइलन खेलमा नवनियुक्त सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङको उपस्थिति रहने आयोजकले जनाएको छ ।
यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक
कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर