fbpx

कुलपति रनिब सिल्ड फुटबल प्रतियोगिता: सेमिफाइनल समिकरण पूरा

author

समाचारपाटी

२ years अगाडि


पोखरा । प्रथम कुलपति रनिब सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । गण्डकी विश्वविद्यालय आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा सहिद स्मृति आवसिय माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय र इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय पुगेका छन् ।

पोखरा रंगशालामा बुधबार सम्पन्न भएका खेलमा सहिद स्मृति,भद्रकाली र कालिका विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका
हुन् । यसअघि मंगलबार छोरेपाटन माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय
सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।

सहिद स्मृतिले न्यु ग्यालेक्सी माध्यमिक विद्यालयलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । सहिद स्मृतिको जितमा जयराम घर्तिमगरले २, सुनिल पाख्रिन, विवेश सोमाई र जोन रेग्मीले १–१ गोल गरे । जोनले खेलको १२औं मिनेटमा गोल गर्दै टिममा सुरुआती अग्रता दिलाएका थिए । जयरामले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै सहिद स्मृतिमा दोब्बर अग्रता दिलाएका थिए ।

खेलको ३६ औं मिनेटमा कप्तान सुनिलले गोल गर्दै तेब्बर अग्रता दिलाए । त्यसपछि खेलको ४४औं मिनेट र ५४ औं मिनेटमा
सहिद स्मृतिले गोल गर्दै ५–० को सानदार जित निकाल्यो । भद्रकालीले विष्णु पडुका माध्यमिक विद्यालयलाई ५–० ले पराजित
गर्यो । खेलको आक्रमक बनेको भद्रकालीले अधिकांश समय बल आफ्नो पक्षमा पारिरह्यो । भद्रकालीको जितमा भिमबहादुर गुरु बले ह्याट्रिक गरे । उनले खेलको १०औं मिनेटमा गोल गर्दै भद्रकालीलाई अग्रता दिलाएका थिए ।

खेलको २८औं मिनेटमा भद्रकालीका दिपेश गुरुबले गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाए । त्यसको ३ मिनेटमै भद्रकालीले
अर्काे गोल थप्यो । भद्रकालीका कप्तान युक्त गुरुबले दोस्रो हाफको सुरुआतमै ३१औं मिनेटमा गोल गरे ।

भिमले खेलको ३४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई चौथो अग्रता दिलाए । खेलको ३५औं मिनेटमा भिमले
गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि भने दुवैतर्फ गोल हुन सकेन । भद्रकाली ५–० ले विजयी भयो । कालिकाले डायमण्ड माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो ।

कालिकाका लागि कुशन राई र समुन्द्र सुवेदीले १–१ गोल गरे । कालिकाले खेलको सुरुआतमै डायमण्डविरुद्ध अग्रता लिएको थियो । खेलको चौथो मिनेटमा कुशन राईले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि अन्तिम इन्जुरी समयमा कालिकाका सुवेदीले गोल गर्दै टिमलाई टिमलाई २–० को जित दिलाए ।

प्रतियोगितामा बिहीबार सेमिफाइलनमा खेलहरु हुनेछन् । पहिलो सेमिफाइलनमा भद्रकाली र इन्द्र राज्यलक्ष्मी बिहीबार बिहान
साढे १० बजे भिड्नेछन् । दोस्रो सेमिफाइनलमा कालिका र सहिद स्मृति साढे १२ बजे भिड्नेछन् । फाइनल खेल शुक्रबार हुनेछ । सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द
टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ ।

यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक
कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन