भाेलिदेखि ३ दिनसम्म ठूलाे पानी पर्ने सम्भावना : विशेष सतर्कता अपनाउन अनुरोध

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर आउँदो तीन दिन विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले आज शुक्रवार दिउँसो १२ बजे विशेष बुलेटिन निकालेर भोलि शनिवारदेखि आउँदो सोमवारसम्म देशका विभिन्न भागमा सरदरभन्दा धेरै पानी पर्ने सम्भावना देखिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । मनसुनको न्यून चापीय रेखा नेपालतिर सर्न लागेकाले भोलि राति देशका धेरै ठाउँमा वर्षा हुनेछ ।

कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा नजिक पर्दा पानी धेरै पर्छ । यो रेखा अहिले नेपाल नजिक आइपुगेको विभागले जनाएको छ ।

महाशाखाले निकालेको विशेष मनसुन बुलेटिनमा पर्सि आइतवार पनि देशका धेरै ठाउँमा अत्यधिक वर्षा हुनेछ । सोमवार पनि धेरैजसो प्रदेशमा सामान्यदेखि मध्यम वर्षा हुने भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा सोमवार पनि अत्यधिक वर्षा हुनसक्ने सम्भावना छ ।

विभागले भोलिदेखि सोमवारसम्म पहाडी भूभागमा पहिरो र गेग्रान बहावको सम्भावना रहेको, शहरी क्षेत्रमा डुबान हुनसक्ने तथा देशका साना–ठूला नदीको सतह बढ्ने अनुमान गरेको छ । विभागले सडक र हवाई यातायात अवरुद्ध हुनसक्ने भएकाले सचेत हुन सबैलाई आग्रह गरेको छ ।


काठमाडौं

बुधबार, असार ४, २०८२

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

संसद अवरोध हुँदा सरकारले आफ्नो कारबाही अघि बढाउनु स्वभाविकः...

संसद जबरजस्ती चलाउनु संसदीय व्यवस्थाको लागि धब्बा होः सन्तोष...

सभामुख संसदीय मर्यादा र परम्परा विपरित जानुभयोः राजेन्द्र लिङदेन

बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गरेः सांसद प्रकाश ज्वाला

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन