fbpx

चम्पावती जलविद्युत् कार्यालयमा आगजनी

author

समाचारपाटी

२ years अगाडि

गोरखा । चम्पावती जलविद्युत् आयोजनाका कारण राइनासटारको १२ सय हेक्टर खेत सुक्खा लाग्ने भन्दै किसानहरूले सो आयोजनाको कार्यालय तोडफोड तथा सवारीसाधनमा आगजनी गरेका छन्। शनिबार कार्यालय परिसरमा पुगेका पाँच सय जनाभन्दा धेरै स्थानीय किसानले सो कार्यालयमा आक्रमण गरेका घटनाका प्रत्यक्षदर्शी सुजन न्यौपानेले बताउनुभयाे।

राइनासटार सिँचाइ आयोजनाको बाँधभन्दा २ सय मिटर तल जलविद्युत् आयोजनाको निकास हुँदा खेतमा सुक्खा लाग्ने हुँदा बाँध माथि निकास हुने गरी आयोजना बनाउन लामो समयदेखि किसानहरूले माग गरिरहेका थिए। तर, निर्माण कम्पनीले किसानको माग सम्बोधन नगरेको भन्दै किसान आक्रोशित भएका उहाँको भनाइ छ।

आक्रोशित किसानहरू शनिबार दिउसो १ बजेतिर सो हाइड्रोपावर कम्पनीको सिरानचोक गाउँपालिका–२ पाण्डेवेशीस्थित कार्यालयमा पुगेका थिए। आन्दोलनको क्रममा उछृङ्खल समूहले कार्यालयमा तोडफोड र सवारीसाधनमा आगजनी गरेका हुन्।

आक्रमणबाट आयोजनाको एउटा कार्यालय भवन तोडफोड भएको, दुईवटा मोटरसाइकल तथा एउटा मिनीट्रक र एउटा एक्साभेटर जलाएर पूर्ण रूपमा नष्ट गरेका गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले जानकारी दिनुभयाे।

आक्रमणबाट चार, पाँच करोड बराबरको क्षति भएको चम्पावती जलविद्युत् आयोजनाका प्रवद्र्धक हरेराम ढकालले बताउनुभयाे। ‘बाँधभन्दा माथि नै निकास खस्छ। तर, कसैको उक्साहटमा किसानहरू त्यसरी अराजक भएर आउनु दुखद् भयो’, उहाँले भन्नुभयाे, ‘अब हामी क्षतिपूर्ति र कारबाहीका लागि अघि बढ्छौँ ।’ प्रहरीले घटनाको अनुसन्धान गरी घटनामा संलग्नको खोजी कार्य गरिरहेको एसपी खनालले बताउनुभयाे।

annapurnapost


काठमाडौं

बिहिबार, माघ २४, २०८१

१९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर

घान्द्रुकमा ‘द कोरस ब्याण्डको गीत विमोचन’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन