fbpx

एमालेका कार्यकर्ताले जाँड–रक्सी खादैनन् : अध्यक्ष ओली

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँड–रक्सी खाने मान्छे एमालेको कार्यकर्ता हुन नसक्ने टिप्पणी गर्नुभएको छ ।

नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले आइतवार सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले हैन भनेर जाने हुन्छ । एमाले नेता, कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।’

अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको बताउँदै एमालेबाहेकका दलहरू राष्ट्रलाई खोक्रो पार्ने अभियानमा रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘विपक्षीहरूले राष्ट्रिय शक्ति निर्माणको कामलाई अगाडि बढाउन नदिएको प्रयासलाई असफल पारेर एमालेले मिसन ग्रासरुटमार्फत मिसन ५१ प्रतिशत उपलब्धि हात पार्छ ।’

एमालेजस्तो पार्टीका कार्यकर्ताले पाटीलाई भोट नदिने कुरा सोच्नै नसक्ने बताउँदै ओलीले व्यक्तिसँग अन्तरविरोध भए पनि पार्टीलाई जिताउन सबै लाग्नुपर्ने बताउनुभयो । ‘अहिले सिङ कसका बलिया भनेर जोरी खोज्ने समय होइन । गाई–गाई भेट भए मिलेर चर्छन् । गोरु–गोरु भेट भए तँ ठूलो कि म ठूलो भनेर सिङ जुधाउन थाल्छन् ।’


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन