fbpx

प्रधानमन्त्री इमानमा अड्न नसकेको ओलीको टिप्पणी

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल इमानमा अड्न नसकेको आरोप लगाउनु भएको छ ।  

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल इमान नभएको भन्दै त्यस्ता स्वार्थीहरुको गठजोडमा आफूहरु नलाग्ने बताउनु भयो । आईतबार काठमाडौंमा आयोजित पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले वामपन्थी एकताको पक्षमा पनि आफू नलाग्ने बताउनु भयो । दाहाललाई प्रधानमन्त्री बनाउँदाको क्षणको स्मरण गराउँदै उहाँले इमान नभएकाहरुसँग एकता गर्न नहुने पनि अध्यक्ष ओलीले बताउनु भयो । यता पनि खोज्ने, उता पनि खोज्ने प्रचण्ड चाल भएको उल्लेख गर्दै उहाँले त्यसको पक्षमा आफ्नो पार्टी नरहेको दावी समेत गर्नु भयो ।

ओलीले आफ्नो पार्टीले आगामी ४ वर्ष भित्र राष्ट्रिय शक्तिको रुपमा उदाएर अघि बढने संकल्प लिएकाले सोही अनुसारको गम्भिरताका साथ काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनु भयो । उहाँले भन्नु भयो, ‘समृद्ध नेपालः सुखी नेपाली बनाउनका लागि एमाले एक्लैले बहुमत ल्याउन सक्छ । यहाँ बामपन्थी एकता, बामपन्थी एकता । अस्ती भर्खर हामीले गरेर हेरेनौं वामपन्थी एकता ? कुहेँका ढोडको लौरा टेक्न खोजेनौ हामीले । यहाँ प्रधानमन्त्री खुवाईयो । डुँडमा प्रधानमन्त्री खाँदैछ होला भनेको त उतापटि गएर । एउटा पत्रिकाले अस्ती एउटा कार्टुन निकाले छ । अंकमाल गरेको ।

मुख उता फर्काको । थुतुनो उतापटि यति लामो निकालेको । मैले यसो हेरेँ–पत्रकारले पनि बुझेकै रहेछ । हामीलाई त थाहा थियो नै । तर पत्रकारले पनि बुझेकै रहेछ । अंगालो मसँग मारेको छ । मुन्टो उता फर्काको छ । थुतुनो यति पसारेको छ । यस्तो एकता खोजेर, यस्ता एकताको पछाडि लागेर, यस्ता इमानमा अड्न नसक्ने र इमान नभएको स्वार्थका पछाडि कुद्ने तत्वहरुसँग गठजोड गरेर हुँदैन । देशलाई सुदृढ राष्ट्रिय शक्ति हामी आफू शक्तिशाली हुुनु प¥यो नि । आफू कमजोर हुने अनि यता खोज्ने, उता खोज्ने । प्रचण्ड चाल भई गो नि त्यो । त्यो चाल होइन । सुदृढ शक्ति ।

अव चार वर्ष हामी यसरी आफ्नो शक्ति निर्माण गरौं । जहाँबाट हामी हरेक क्षेत्रमा, हरेक ठाउँमा बहुमत प्राप्त गर्न सक्छौं । हरेक ठाउँमा हामी नै निर्वाचित हुन सक्छौं । त्यो स्थिति हामी बनाउन सक्छौं । कसैको केही लाग्दैन । तर हामीले यस कुरामा लाग्नु पयो ।’

ओलीले मुलुकको राष्ट्रियतालाई जोगाउन, मुलुकको स्वाभिमानलाई माथि उठाउन एमाले मुलुकको सुदृढ शक्ति बन्नुको विकल्प नरहेको बताउनु भयो ।


काठमाडौं

बिहिबार, जेष्ठ १७, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन