काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
काठमाडौँको भृकुटीमण्डपमा सुरू भएको ‘क्यान इन्फोटेक २०२५’ को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले आईटी क्षेत्र विश्वव्यापी बजार भएकोले नीतिगत सुधार आवश्यक रहेको बताए।
उनले हालैको कानूनी संशोधनले नेपाली आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अघि बढाउन सहयोग गर्ने उल्लेख गर्दै डिजिटल नेपाल निर्माणका लागि नवप्रवर्तन तथा स्टार्टअप प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै नीतिगत सुधारमार्फत सूचना प्रविधि क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न प्रतिबद्ध रहेको बताए।