fbpx

आयात घटाउन र निर्यात बढाउन ठोस नीति आवश्यक: अध्यक्ष ढकालको सुझाव

author

समाचारपाटी

२ हप्ता अगाडि

काठमाडौं I नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ। नेपाल निर्यात परिषद्को २७औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर ध्यान दिनुपर्ने बताउनुभयो।

ढकालले सरकारलाई आयात प्रतिस्थापनका लागि घरेलु उद्योगलाई मजबुत बनाउन र निर्यात प्रवर्द्धनका लागि उपयुक्त नीति तयार गरी कार्यान्वयन गर्न आग्रह गर्नुभयो। उहाँले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र दीर्घकालीन आर्थिक लक्ष्य पूरा गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा उहाँले सरकारले व्यवसायीलाई निर्यात अनुदान समयमै उपलब्ध गराउनुपर्ने र व्यवसायीलाई उचित सम्मान दिनुपर्ने सुझाव पनि दिनुभयो। साथै, विदेशी लगानी र निर्यात प्रवर्द्धनका लागि विदेशस्थित नेपाली नियोगहरूलाई सक्रिय भूमिका खेल्न निर्देशित गर्नुपर्ने बताउनुभयो।

ढकालले नेपालले सन् २०२६ सम्ममा अल्पविकसित देशको सूचीबाट बाहिरिने तयारी गर्नुपर्ने वा थप समय माग्न पहल गर्नुपर्नेमा पनि जोड दिनुभयो।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको चासोप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै व्यवसायीहरूलाई प्रतिष्पर्धात्मक क्षमता बढाउन आग्रह गर्नुभयो। निजी क्षेत्रका प्रतिनिधिहरूले दीगो आर्थिक विकासका लागि निर्यात प्रवर्द्धन आवश्यक रहेको बताउँदै सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिए।


काठमाडौं

बिहिबार, माघ १०, २०८१

७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक