fbpx

दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । रोटरी क्लब अफ पोखरा न्युरोड, रोटरी क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ पोखरा क्यापिटलको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा दरगाउँटारमा पाठेघरको भिआइए परिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

रुपा–१, दरगाउँटार स्थित सरस्वती आधारभूत विद्यालयको प्राङ्गणमा भएको उक्त कार्यक्रममा १०० जनाको स्वास्थ्य परीक्षण गर्दा १२ जना महिलाहरुमा भिआईए पोजेटिभ देखिएको गण्डकी मेडिकल कलेज पोखराकी स्त्रीरोग तथा प्रसुती डा. बालकुमारी शाहले बताउनुभयाे । उहाँको टिममा डा. निरुता बुद्ध, डा. पूजा घिमिरे, डा. सुरेश शाह र शुवेच्छा थापा रहनुभएकाे थियाे ।

हालसम्म पोखरा १६ जुम्लेटी, पोखरा ७ घारीपाटन, फेदीखोला ३ भाटखोला स्याङ्जा, पोखरा ५ मालेपाटनमा ४६७ जनाको भिआईए परिक्षण भएकोमा २७ जनामा पाठेघरको संक्रमणको संकेत देखिएको क्लबका अध्यक्ष दिपेन्द्र शर्माले बताउनुभयाे ।
क्लबले २०८२ असार १५ मसान्त सम्म गण्डकी प्रदेशका १५ सय महिलाहरुको पाठेघरको मुखको क्यान्सर निशुल्क परिक्षण गर्ने लक्ष्य लिएको शर्माले बताउनुभयाे । उक्त कार्यको लागि रोटरी क्लब अफ नक्साल शक्ति र रोटरी क्लब अफ पोखरा क्यापिलको पनि सहकार्य रहदै आएको छ ।

सो अवसरमा रुपा गाउँपालिका वडा नं. १ का अध्यक्ष रामबहादुर गोदारले ग्रामिण भेगमा वसोबास गर्ने महिलाहरुको नियमित रुपमा स्वास्थ्य परिक्षण गराउन सहज नभएको अवस्थामा गाउँमै आएर महिला दिदीबहिनीहरुको स्वास्थ परिक्षण शिविर आयोजना गरेकोमा रोटरी क्लबलाई धन्यवाद दिदै आगमी दिनहरुमा पनि सहयोगको अपेक्षा रहेको वताउनुभयाे ।
रोटरी डिस्ट्रिक्ट मेम्बरसिप चेयर सुबास सिग्देलले रोटरी क्बलले विगत लामो समयदेखि रुपा गाउँपालिका भित्र खानेपानी, विद्यालय भवन निर्माण, शिक्षा तथा स्वास्थ्यमा सहयोग गर्दै आएको वताउनुभयाे । कार्यक्रममा जनप्रतिनिधिहरू सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरू, रोटरी क्लब अफ पोखरा न्युरोडका पूर्व अध्यक्ष पशुपति शर्मा, उपाध्यक्षहरु अमृत बास्तोला र पुष्पराज पराजुली, रोटरी क्लबका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


काठमाडौं

शनिबार, चैत्र १, २०८१

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विज्ञापन

ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेला – २०८१

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

स्ववियु निर्वाचन समितिहरूलाई थप १३ बुँदे निर्देशन जारी

सामाजिक सञ्जालको अधिकार कटौती नहुने विधेयक: प्रधानमन्त्री ओली

२६२ औँ सेना दिवस  काठमाडौंको टुँडिखेलमा

सांसदहरूले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराए

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

सन्तोष खत्रि र एलिना चौहान स्वरमा रहेकाे गीत ‘हतार...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन