छोम्रोङमा ‘सेञ्चुरी ल्होछार मेला’ सुरु,१४ गतेसम्म सञ्चालन हुने

author

समाचारपाटी

२ years अगाडि

पाेखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा २१ औं सेञ्चुरी ल्होछार मेला सुरु भएको छ । सेञ्चुरी युवा क्लबको आयोजनामा आगामी १४ गतेसम्म सञ्चालन हुने मेला आइतबारदेखि सुरु भएको हो ।

सो मेलाको उद्घाटन गर्दै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य (संघीय सांसद) दामोदर पौडेल बैरागीले भव्य सफलताको शुभकामना व्यक्त गर्नुभयाे ।

उहाँले ल्होछारको शुभकामना व्यक्त गर्दै सो मेलाले पर्यटन प्रवद्र्धनमा सघाउ पुर्याउने धारणा राख्नुभयाे । सांसद बैरागीले केन्द्रीय विद्युत प्रशारणको लाइन अन्नपूर्ण आधार शिविरसम्म पुर्याउने प्रतिबद्धता जनाउनुभयाे । ‘म तपाइहरुको योगदान प्रति आभारी छु, उहाँले भन्नुभयाे, ‘मैले मेरो कार्यकालमा विद्युतको केन्द्रीय प्रशारण लाइन र ‘फोर जि’ लाई एबिसीसम्म पुर्याउन पहल गर्ने प्रतिबद्धता गर्दछु ।’

यस्तै गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव पहारीले हरेक वर्ष आयोजना हुने मेलाको गरिमा फरक रहेको बताउँदै निरन्तरता दिन आग्रह गर्नुभयाे । छोम्रोङबासीले यसपटकपनि अमुल्य मत दिएको भन्दै धन्यवाद प्रकट गर्नुभयाे । ‘यहाँहरुले मलाई यसपटकपनि अमुल्य मत दिनुभयो, यद्यपी रिजल्ट मेरो पक्षमा आएन । तैपनि म तपाइहरुको अमुल्य मतप्रति एकदमै आभारी छु । आगामी दिनमा तपाइहरुसँगै रहने पनि बाँचा गर्दछु ।’ उहाँले भन्नुभयाे ।

यस्तै अन्नपूर्ण गाउँपालिका ११ का वडाध्यक्ष हिम बहादुर गुरुङले ल्होछार मेलाले पर्यटन प्रवद्र्धन मात्र नभई सँस्कृतिको संरक्षण गर्ने बताउनुभयाे । ‘यो मेलाले पर्यटनको मात्रै प्रवद्र्धन गर्दैन । यसले हामी तमुहरुको कला तथा सँस्कृतिको पनि जगेर्ना गर्छ ।’ वडाध्यक्ष गुरुङले भन्नुभयाे ।

कार्यक्रममा पोखरा सम्पन्न फिस्टेल म्याराथनमा द्वित्तिय स्थान हाँसिल गरेका अन्नपूर्ण गाउँपालिका ११ का सचिन गुरुङलाई गाउँपालिका र क्लबको तर्फबाट सम्मान गरिएको थियो ।

क्लबका अध्यक्ष मिकास गुरुङको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा मेला संयोजक राजकुमार गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे भने पर्यटन व्यवस्थापन समितिका सचिव दिलिप गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।

मंगलबारदेखि खेलकुद प्रतियोगिता

खेलकुद प्रतियोगिता भने मंगलबारदेखि सुरु भएकाे मेला संयोजक राजकुमार गुरुङले जानकारी दिनुभयाे । उहाँका अनुसार साँस्कृतिक जगर्नेसहित संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित जारी मेलामा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, मंगलबार देखि सञ्चालन भएका छन् । ‘ सबै प्रतियोगिताहरु मंगलबारदेखि सुरु भएका छन् । अहिले साँस्कृतिक कार्यक्रमहरु भइरहेको छ ।’ संयोजक गुरुङले भन्नुभयाे ।

उहाँका अनुसार पुरुष भलिबल तथा बास्केटबल विजेता टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताउनुभयाे ।

गुरुङका अनुसार दोस्रो र तेस्रो हुने टिमले क्रमशः ३० हजार र १८ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने ‘थ्री अन थ्री’ पुरुष बास्केटबलतर्फ विजेताको टिमले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र द्वितीय हुनेले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२२.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’