fbpx

सेन्ट्रल जोन खेल्न जाने भलिबल टोलीलाई बिदाई

author

समाचारपाटी

१ year अगाडि


बंगलादेशको राजधानी ढाकामा आयोजना हुने बङ्गबन्धु एशियन यु–२३ सेन्ट्रल जोन अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुन जाने नेपाली भलिबल टोलीलाई आईतबार नक्सालस्थित क्राउन प्लाजामा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा प्रदान गरेर शुभकामना सहित बिदाई गर्नुभयाे ।

खेलाडीहरुलाई बिदाई गर्दै सदस्य सचिव घिसिङले खेलकुदको विकासका लागि विभिन्न उमेर समूहको प्रतियोगिताको आवश्यकता रहेको भन्दै खेलाडीहरुलाई राष्ट्रको झण्डा उचाल्दै नेपालको नाम र शान राखेर प्रतियोगितामा विजयी हुन शुभकामना प्रदान गर्नुभयाे । यसै क्रममा बंगलादेश जाने टोलीका लागि संघका पूर्व अध्यक्ष मनोरञ्जन रमण शर्माले सहयोग बापत नगद १ लाखको चेक अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई हस्तान्तरण गर्नुभएकाे थियाे ।

बंगलादेश जाने टोलीमा धिरोज कुमार बस्नेत, रवी केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुप बहादुर गुराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेद प्रकास जोशी, सम्राट भण्डारी, गौरव पाण्डे (लिबेरो) र भिमराज गुरुङ्ग (लिवेरो) रहेका छन् । यस्तै टिम मुख्य प्रशिक्षकमा जगदीश भट्ट र सहायक प्रशिक्षकमा भरत यादव रहेका छन् । यसैगरि टिम ब्यवस्थापकमा जितेन्द्र श्रेष्ठ रहेका छन् । पौष ७ गते देखि ११ गते सम्म संचालन हुने प्रतियोगिता राउण्ड रोविनको आधारमा हुनेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ । टोली सोमबार बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

सोही क्रममा सेन्ट्रल एशिया भलिबल एसोशियसनले प्रथम पटक आयोजना गर्न लागेको काभा सेन्ट्रल एशिया भलिबल एसोशियसन विच भलिबल इन्टरनेशनल टुर्नामेन्टमा सहभागी हुन जाने महिला तथा पुरुष भलिबल टोलीलाई पनि आइतबार बिदाई गरिएकाे हाे । टोलीमा महिला तर्फ कोपीला उप्रेती र कमला पुन तथा पुरुष तर्फ मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनार रहेका छन् । यस्तै टिममा प्रशिक्षकको रुपमा राष्ट्रिय भलिबलका पूर्व कप्तान तथा विच भलिबल खेलाडी भरत शाह र अफिसियलमा संघकी सदस्य जुनु पुन मगर रहेका छन् । प्रतियोगिता बंगलादेशको कोक्स बजारमा पौष ११ गते देखि १६ गते सम्म संचालन हुने छ । विच भलिबल टोली एक सप्ताह पछि त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

बिच भलिबलमा पुरुषतर्फ नेपाल, किर्गिस्तान, भुटान, बंगलादेश, भारत, पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ सहभागी टोलीको टुंगो लागेको छैन ।


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन