मध्य वेस्ट बैंकको रमल्लाह शहरको पूर्वमा रहेको अल–मुघायिर गाउँमा इजरायली सेना र बसोबास गर्नेहरूले गरेको आक्रमणको क्रममा गोली लागेर एक प्यालेस्टाइनीको मृत्यु भएको र अन्य १८ जना घाइते भएको प्यालेस्टिनी स्रोतले बताएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले युवकको टाउकोमा गोली लागेर अस्पतालमा मृत्यु भएको जनाएको छ । यसैबीच, अल–मुघायिर गाउँ परिषद्का प्रमुख अमिन अबु अलियाले सयौंको संख्यामा इजरायली बसोबास गर्ने समूहले सेनाको साथमा गाउँमा छापा मारेर बासिन्दाहरूलाई आक्रमण र सम्पत्ति तोडफोड गरेको बताउनु भयो । आलियाका अनुसार सेनाले गाउँलाई घेरा हालेर प्रवेशद्वार बन्द गरेको छ भने बसोवास गर्नेहरूले धेरै नागरिकको घर र सवारीसाधनमा आगजनी गरेका छन् । यस घटनाले गत वर्ष अक्टोबर ७ देखि वेस्ट बैंक र जेरुसेलममा इजरायली फायरबाट मारिएका प्यालेस्टाइनीको संख्या ४६३ पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सिन्ह्वा