fbpx

भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना

author

समाचारपाटी

१ हप्ता अगाडि

काठमाडौं । भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ । मौसमविद एवम् त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी वायुको प्रभावले आगामी आइतबार अपराह्नदेखि सोमबारसम्म लगातार वर्षा हुने सम्भावना देखिएको बताउनुभयाे ।

‘युरोपियन र अमेरिकन दुवै मोडेलले आइतबार र सोमबार वर्षा हुने सम्भावना देखाएको छ,’ उहाँले भन्नुभयाे, ‘आइतबारको तुलनामा सोमबार धेरै ठाउँमा वर्षा हुने सम्भावना छ ।’ उहाँका अनुसार आइतबार कोशी प्रदेशका जिल्लामा र सोमबार मधेश, बागमती र गण्डकी प्रदेशमा समेत वर्षा हुने सम्भावना छ ।

सामान्यतया पश्चिमी वायु मेडिटेरियन रिजनबाट आउँछ । यसले वायुमण्डलको माथिल्लो भागमा जलवाष्पयुक्त हावा ल्याउँदै छ भने अरेबियन सागरबाट वायुमण्डलको तल्लो भागमा जलवाष्पयुक्त हावा आउने छ । यी दुवै मिसिएर नेपालमा पानी पार्ने सम्भावना देखिएको हो । यो वर्षा वर्षायाममा जस्तो लगातार पर्ने झरी जस्तो हुने छैन । त्यसैले यात्रामा प्रभाव नपर्ने पूर्वानुमान मौसमविदको छ ।

सोमबारपछि भने मौसम सफा हुने छ । वर्षाले प्रदूषण केही घटाउने र जाडो बढाउने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयाममा जाडो कम र वर्षा बढी हुने प्रक्षेपण गरेको छ । यस वर्ष मनसुन बाहिरिएपछि पनि ठाउँ–ठाउँमा वर्षा भइरहेको छ । यस वर्ष जुन १० अर्थात् जेठ २८ गते नेपाल भित्रिएको मनसुन १२५ औं दिनमा असोज २६ गते देशभरबाट बाहिरिएको थियो ।

मनसुन बाहिरिएपछिको अवधि अर्थात् पोष्ट मनसुनमा सामान्यतया कम पानी पर्छ । यो अवधिमा सरदर ७५ मिलिमिटरसम्म वर्षा हुने गरेको छ । तर यस वर्ष मनसुन बाहिरिसकेपछि पनि ठाउँ–ठाउँमा तरकारी र अन्नबालीमा क्षति पुग्ने गरी वर्षा भएको छ । यही कात्तिक ५ गते पर्वत र स्याङ्जाका केही भागमा असिना पानीले क्षति पुर्याएको थियो । कात्तिक ४ गतेदेखि यता औसत ४३ स्थानमा वर्षा मापन भएको छ ।

onlinekhabar

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

मङ्लबार, कार्तिक २०, २०८१

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

प्रधानमन्त्री अस्वस्थ, बालुवाटारमै आराम गर्दै

रविलाई म्याद थप्न भोलि अदालत उपस्थित गराइँदै

रास्वपा नेताहरुलाई प्रधानमन्त्रीको प्रश्न, तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन...

गृहमन्त्रीलाई कांग्रेस सांसदकै प्रश्न : यती, ओम्नी, क्यान्टोनमेन्ट र...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन