fbpx

पोखरा ८ मा जडान गरिएको सिसिटीभी क्यामेरा प्रहरीलाई हस्तान्तरण

author

समाचारपाटी

३ हप्ता अगाडि

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ भित्र विभिन्न स्थानमा जडान गरिएको सिसिटीभी क्यामेरा वडा प्रहरी कार्यालय मातहतको सिर्जनाचोक प्रहरी बिटलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबावु ओलियाले नयाँ जडान गरिएको सिसिटीभी क्यामेराको शुभारम्भ गर्नुभएकाे हाे ।

सो अवसरमा वोल्दै  प्रहरी उपरीक्षक श्याम बावु ओलियाले पर्यटकीय राजधानी पोखरामा सम्पूर्ण ठाँउमा सिसिटिभी जडान गर्न सके अपराध न्युनिकरण हुने बताउनुभयाे । जतिपनि अपराध शहरभित्र हुने भएकाले सिसिटिभी जडान गरेको खण्डमा अपराध कम हुने र अपराध गरेमा त्यसमा संलग्नलाई पत्ता लगाउन सहज हुने उहाँको भनाइ थियो ।

स्थानिय निकायहरुले यसमा केही ध्यान दिएको भएतापनि पोखरा महानगरले सम्पूर्ण वडाहरुमा सिसिटिभी जडान गर्न सके थोरै संख्यामा रहेका प्रहरीले शान्ति सुरक्षा प्रदान गर्न सक्ने बताउनुभयाे । त्यसका लागि पोखरा महानगरका मेयर समक्ष समेत आफुले पटकपटक आग्रह गरेको ओलियाले बताउनुभयाे ।  पोखरामा चोरी, लागु औषध र सवारी दुर्घटनाको संख्या उल्लेख्य मात्रामा रहेकाले दुर्घटनाको अनुसन्धान गर्न समेत सिसिटीभीले सहायता पुग्ने र दुर्घटना न्युनिकरणमा प्रविधीले सहयोग पुग्ने उहाँको भनाइ रहेको थियो ।

पोखरा महानगरपालिका वडा नं ७ का अध्यक्ष राममोहन आचार्यले पोखरा महानरको वडा नं ८ भित्र सिसिटीभी जडानको कार्यले वडाको सुरक्षामा थप मदत पुग्ने बताउनुभयाे । सिसिटीभी जडान संगै यसको संरक्षणमा समेत ध्यान दिन उहाँले आग्रह समेत गर्नुभयाे ।

सो अवसरमा वोल्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले सिसिटीभी क्यामेरा जडानबाट वडा प्रहरी कार्यालय बैदामको कार्यलाई थप मदत पुग्ने बताउनुभयाे । वडा नं ८ मा सिटिटीभी क्यामेरा जडान गर्दै गर्दा विभिन्न ६ वटा घटनाहरु पत्ता लगाउन सफल भएको बताउँदै वडा नं ८ मात्र नभइ अन्य वडाहरुले समेत यसलाई अनुसरण गर्न सकेको खण्डमा अपराध न्युनिकरणमा थप मदत पुग्ने बताउनुभयाे । सिसिटीभीमा भेटिएको प्रमाणले अनुसन्धानलाई प्रभावकारी बनाउने उहाँको भनाइ रहेको थियो ।

नागरिक समाजका अगुवा विष्णु बरालले पोखरा महानगरपालिका वडा नं ८ ले आफ्नो वडा भित्र सिसिटीभी क्यामेरा जडान गरी प्रविधीमैत्री वडा बनेकोमा धन्यवाद ब्यक्त गर्नुभयाे । वडा भित्रका बस्तीहरु र मन्दिरहरुमा समेत चोरी बढिरहेको बताउँदै बरालले पोखरामा पछिल्लो समय सडकछाप मानिसको संख्या बृद्धि हुदै जाँदा विभिन्न अपराधका घटनाहरु बढ्न सक्ने भएकाले त्यसतर्फ सम्पूर्ण सचेत हुनुुपर्नेमा समेत जोड दिनुभयाे ।

त्यस्तै सिसिटीभी क्यामेरा जडान गर्ने गोम्जा आइटी इन्जीनीयरिङ प्रालिका सञ्चालक गोम्जा रावत तामाङले आफुले पोखरा महानगर संगको सहकार्यमा वडा भित्रका जाल्पारोड, शिवालयचोक वरिपरि रहेका विभिन्न गल्लीहरुलाई समेटेर २४ वटा स्थानमा सिसिटीभी क्यामेरा जडान गरेको बताउनुभयाे । आफुहरुले जडान गरेको सिसिटीभी क्यामेरा पाँच मेगापिक्सलको भएकाले यसअघिका क्यामेरा भन्दा उच्च स्तरको रहेको, रातको समयमा समेत दिनमा जस्तै रंगिन भिडियो आउने वताउँदै रातमा समेत ५० मिटर सम्मको दुरीमा भिडियो खिच्ने बताउनुभयाे ।

पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालले पोखरा ८ भित्र ८० प्रतिशत ठाँउमा सिसिटीभी क्यामेरा जडान गरिसकेको बताउदै आगामी दिनमा वडाको सम्पूर्ण ठाँउलाई समेटने गरी सिसिटीभी क्यामेरा जडान गर्ने बताउनुभयाे ।
कार्यक्रमको सञ्चालन वडा सचिव झम्कनाथ पौडेलले सञ्चालन गरेको कार्यक्रममा वडा सदस्य गोबिन्द बरालले स्वागत मन्तब्य राख्नुभएकाे थियाे ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...