fbpx

काभा वुमन्स नेसन्स लिगमा नेपालले आज तेस्रो खेल इरानसँग खेल्दै

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौं । काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले आज आफ्नो तेस्रो खेलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ । शनिबार भारतमाथि ऐतिहासिक जित निकालेको नेपालको उच्च मनोबलमा छ र इरानसँग खेल्दा नेपालको नजर लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्ने हुनेछ ।

इरानलाई पराजित गरेमा नेपाल शीर्ष स्थानमा रहने लगभग पक्का हुनेछ । किनभने नेपालले श्रीलंका र भारतलाई पराजित गरिसकेको छ भने अन्तिम खेल तुलनात्मक रुपमा कमजोर टोली माल्दिभ्ससँग हुनेछ । दुई खेलबाट ५ अंकसहित नेपाल हाल दोस्रो स्थानमा छ । तीन खेल खेलिसकेको भारत दुई जित र एक हारबाट ७ अंकसहित शीर्ष स्थानमा छ भारतले अब श्रीलंकासँग मात्र खेल्न बाँकी छ ।

नेपालले इरानलाई सोझो सेट वा ३-१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । आजै हुने पहिलो खेलमा श्रीलंकाले माल्दिभ्ससँग खेल्नेछ । दुवै टोली जितविहीन छन् र पहिलो जितको खोजीमा छन । श्रीलंका नेपालसँग सोझो सेटमा पराजित हुँदा इरानसँग रोमाञ्चक खेलमा ३-२ ले पराजित भएको थियो । श्रीलंकाको दुई खेलबाट १ अंक मात्र छ ।

दुवै खेलमा पराजित माल्दिभ्स अंकविहीन छ । कम्तीमा एक खेल जित्ने लक्ष्य राखेको माल्दिभ्स श्रीलंकाविरुद्ध जित निकाल्ने लक्ष्यमा छ । पाँच टोली सहभागी प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष चार टोली सेमिफाइनल पुग्दा अन्तिम हुने टोली बाहिरिनेछ ।


काठमाडौं

बुधबार, अशोज २, २०८१

२७.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रास्वपालाई सूर्य थापाको प्रश्न : कारबाही सिफारिसको अंग्रेजी अनुवाद...

नेपालको संविधानले राजनीतिक व्यवस्थामा ठूलो परिवर्तन गरेको छ :...

काँग्रेस र एमाले मिल्दा आत्तिनुपर्दैनः काँग्रेस सांसद रोकाय

सहकारीको रकम अपचलनमा रविको संलग्नता पुष्टि

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

गीतकार प्रमिला बस्नेतको मौलिक तीज गीत “माया बस्यो संगिनी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन