काभा वुमन्स लिग उपविजेता टोलीका खेलाडीलाई जनही १ लाख २ हजारसहित सम्मान

author

समाचारपाटी

११ महिना अगाडि

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले काभाको विभिन्न प्रतियोगितामा पदक जितेका चार भलिबल टोलीलाई शनिबार नगद सहित सम्मान गरेको छ । भलिबल संघले एक कार्यक्रम आयोजना गर्दै काभा बिच भलिबलको स्वर्ण र रजत विजेता, काभा महिला भलिबल नेसन्स लिगको रजत विजेता र काभा यू-२० महिला भलिबल च्याम्पियनसिपको कांस्य विजेता टोलीलाई नगद पुरस्कार प्रदान गरेको हो ।

काठमाडौंमा भएको काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता बनेको नेपाली टोलीलाई जनही १ लाख २ हजार रुपैयाँ प्रदान गरिएको छ । अरुणा शाहीको कप्तानीमा रहेको नेपाली महिला टोलीले पहिलो पटक भारतलाई हराएर इतिहास रचेको थियो तर फाइनलमा भने भारतसँग नै पराजित भएपछि नेपालले रजत जितेको थियो ।

काभा वुमन्स नेसन्स लिगमा सहभागी खेलाडीसँगै मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्टले पनि नगद १ लाख २ हजार रुपैयाँ पुरस्कार पाए । यस्तै सहायक प्रशिक्षक भरत यादवलाई ९२ हजार तथा लोकेन्द्र कुँवर र म्यानेजर निलम बज्राचार्यलाई जनही ८२ हजार प्रदान गरियो । भुटानमा भएको काभा बिच भलिबलमा नेपालको महिला टोलीले स्वर्ण र पुरुष टोलीले रजत जितेको थियो । स्वर्ण विजेता कमला पुन र मनिषा चौधरीले जनही ६० हजार तथा रजत विजेता मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनाले समान ३० हजार प्राप्त गरे । बिच भलिबल च्याम्पियनसिपमा दुवै टिमको प्रशिक्षक रहेका रुपेश विष्टले नगद ४० हजार प्राप्त गरे ।

यस्तै माल्दिभ्समा भएको काभा यु-२० महिला भलिबल च्याम्पियनसिपमा नेपाल यू-२० महिला टोलीले कांस्य जितेको थियो । कांस्य विजेता टोलीलाई जनही १५ हजार पुरस्कार प्रदान गरियो । पदक विजेता भलिबल टिम र खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद राखृपका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द, एनआरएनएका संस्थापक अध्यक्ष ठा. उपेन्द्र महतो, सहाना प्रधान स्मृति फाउण्डेसनका अध्यक्ष रामकुमारी झाँक्री लगायतले खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए ।

onlinekhabar


काठमाडौं

आइतवार, असार २९, २०८२

२९.२४°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

एमाले अहिले पनि नौजवान पार्टी होः योगेशभट्टराई

‘नेपालमा कुलिङ पिरियड र अडान छोडेको रास्वपा’

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक