कार्कीनेटा सम्पर्क समाजको वार्षिक भित्तेपात्रो विमोचन

author

समाचारपाटी

२ years अगाडि

कार्कीनेटा सम्पर्क समाज पोखराको वार्षिक भित्तेपात्रो २०८० मंगलबार विमोचन भएको छ । नयाँ वर्षको उपलक्ष्यमा भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम समाजका सल्लाहकार तथा कार्यक्रमका प्रमुख अतिथि ईन्द्र शर्माले व्यानरमा हस्ताक्षर गरी कार्यक्रमको उद्घाटन गर्नुभएकाे थियाे ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले कार्कीनेटा सम्पर्क समाज पोखराले समाजिक रुपमा गरेका कार्यहरुप्रति खुसी व्यक्त गर्नुभएकाे थियाे । उहाँले भन्नुभयाे “कार्कीनेटा जन्मथलो भई पोखरा कर्मथलो बनाएर बस्दै र काम गर्दै आएका छौं, जन्मथलोको माया भएको हुँदा केही गर्न सक्छौं भने विभिन्न कार्यक्रम लैजान सकिन्छ, केही प्रयास हरु भएका छन् अझ अगाडि बढाउन सबै लागौं, अघिल्ला कार्यहरु प्रति खुसी लागेको छ, हातेमालो गरेर अगाडि बढौं ।”

त्यसैगरी कार्कीनेटामा रहेका वासिन्दाहरुको लागि त्रैमासिक रुपमा १ पटक स्वास्थ्य शिविर लैजाने र आर्थिक अवस्था कमजोर भएका विरामीहरुको लागि निःशुल्क उपचारको व्यवस्था गर्ने कार्यक्रम आफ्नै नेतृत्वमा ल्याउने योजना रहेको उहाँले भन्नुभयाे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले कार्कीनेटा सम्पर्क समाजले गर्दै आएको आकस्मिक सहायताकोषलाई अझ व्यवस्थित बनाउनको लागि नियमावली बनाउन लागिएको समेत जानकारी गराउनुभएकाे थियाे।

त्यसैगरी समाजका अध्यक्ष केशव घिमिरेले वार्षिक भित्तेपात्रोमा अत्यावश्यक फोन सम्पर्क डायरी समेत समावेश भएको हुँदा एतिहासिक दस्तावेजको रुपमा काम गर्ने बताउनुभयाे । उहाँले कार्कीनेटावासीहरु ईमान्दार र सहयोगी भएको हुँदा समाजसेवा केन्द्रीत योजनालाई थप गरि निरन्तर लैजान सक्ने कार्यक्रमहरु अगाडि बढाइने जानकारी गराउनुभएकाे थियाे ।

सल्लाहकार गोविन्दप्रसाद शर्माले सम्पर्क समाजलाई अगाडि बढाउन गरेका प्रयासको प्रशंसा गर्दै आगामी दिनमा समाजले कार्कीनेटा वडा केन्द्रीत अझ थप नयाँ कार्यक्रम गर्न सकेमा विकासको क्षेत्रमा समेत अहम भूमिका निर्वाह गर्न सक्ने बताउनुभयाे ।

सल्लाहकार उषा शर्मा, सीता शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै बरिष्ठ उपाध्यक्ष हरिप्रसाद शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएकाे थियाे भने सचिव धनप्रसाद पाध्याले सञ्चालन गरेको कार्यक्रम केशव घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो । 


काठमाडौं

शनिबार, साउन ४, २०८२

२९.७१°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...