सुनामीका कारण टर्कीको कार्गो जहाज र १२ सदस्यीय चालक दल टर्किएको ब्ल्याक सी मा डुबेको छ । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले चालक दलसँग सम्पर्क गर्न असमर्थ भएको बताउनुभएको हो । रूसी बन्दरगाह टेम्रयुकबाट टर्किएको अलियागामा फेरोसिलिकन ढुवानी गरिरहेको काफ्कामेटलर जहाज एरेग्लीको ब्रेकवाटरमा ठोक्किएपछि डुबेको मन्त्रीले बताउनु भयो । सो क्षेत्रमा आईतवार शक्तिशाली सुनामी आएको थियो । खराब मौसमका डुबेका व्यक्तिको खोजिमा समस्या आएको बताइएको छ ।
उहाँले प्रतिकुल मौसममा सुधार आएसँगै खोजि कार्य अघि बढ्ने बताउनु भयो ।
सिन्ह्वा