fbpx

आइसिसी विश्वकप लिग–२ मा सुखद् शुरुवात गर्नेछौं– कप्तान रोहित

author

समाचारपाटी

१ year अगाडि

नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले यस पटक आइसिसी विश्वकप लिग–२ मा सुखद् शुरुवात गर्ने लक्ष्य रहेको बताउनुभएको छ । नेपालले तीन वर्षको लिग–२ साइकल बिहीबारदेखि तीन देशीय श्रृंखलाबाट शुरुवात गर्दैछ । नेपालका कप्तान रोहितले गत संस्करणको लिग–२ मा सुखद् शुरुवात हुन नसकेको उल्लेख गर्दै यस पटक राम्रो नतिजा निकाल्ने आशा व्यक्त गरेका हुन् । नेपालले नेदरल्याण्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय श्रृंखलाबाट आइसिसी विश्वकप लिग–२ (२०२३–२०२७) को शुरुवात गर्न लागेको हो । नामिबिया यो साइकलको डेब्युटेन्ट टोली पनि हो । 

नेपालका कप्तान रोहितले यो साइकलमा राम्रो गर्न सुखद् शुरुवात हुन आवश्यक रहेको बताएका हुन् । कप्तान रोहितले नेदरल्यान्ड्स भर्खर विश्वकप खेलेर आएको र नामिबिया पनि राम्रो टोली रहेकाले यो श्रृंखला रोमाञ्चक हुने आशा व्यक्त गरेका छन् । आफ्नो टोलीले राम्रो क्रिकेट खेल्न सकेमा हरेक टोलीलाई हराउन सक्ने विश्वास रहेको बताएका छन् । उनले आफूहरूको लक्ष्य नम्बर एक एसोसिएट राष्ट्र बन्ने लक्ष्य रहेको पनि धारणा राखेका छन् । 

नेपालका प्रशिक्षक मोन्टी देसाईले घरेलु मैदान प्रतियोगिताबाट क्यानडासँगको श्रृंखला राम्रो गरेको उल्लेख गरेको उल्लेख गर्दै यस श्रृंखलामा पनि सुखद् शुरुवात गर्ने धारणा राखे । क्यानडाको श्रृंखलाबाट नै लिग–२ का लागि नेपालको तयारीबारे स्पष्ट भएको प्रशिक्षक मोन्टीले बताएका छन् । उनले दुवै टोली बलियो रहे पनि आफूहरू हरेक बलका लागि खेल्ने बताए । 
प्रशिक्षक मोन्टीले आफ्नो टोलीमा हरेक खेलाडी आफ्नो जिम्मेवारीमा राम्रो क्रिकेट खेल्न सक्ने क्षमताको रहेको विश्वास गरेका छन् । नामिबियाका कप्तान जेरार्ड इरामसले पनि नेपालको श्रृंखलामा सुखद् नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन् ।

नेदरल्याण्ड्सका कप्तान स्कट इडवार्डले ट्वान्टी–२० फरम्याटको क्रिकेटमा जस्तै एकदिवसीय क्रिकेटमा पनि राम्रो नतिजा ल्याउने बताएका छन् । उनले नेपाललाई दर्शकको राम्रो साथ हुने भएपनि आफूहरू त्यसमा खुशी नै हुने धारणा राखे । नेपालले यो त्रिदेशीय श्रृंखलामा कुल चार खेल खेल्नेछ । पहिलो खेलमा बिहीवार नामिबियासँग खेल्नेछ भने दोस्रो खेल आगामी फेब्रुअरी १७ मा खेल्ने तालिका छ । यी दुवै खेलमा नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी हुने छैनन् । उनी व्यावसायिक क्रिकेट लिग खेल्न संयुक्त अरब इमिरेट्स (युएइ) मा छन् ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...