‘पहिले भएका बाचाहरू पूरा हुनुपर्ने थियो, जो आउनुपर्ने सम्पर्कमा आउनु भएन’:-कप्तान ज्ञानेन्द्र मल्ल

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले नेपाल टी-२० लिगमा मंगलबार बिहान खेलाडी जिम्मेवार पक्षलाई अगाडि आउनु मात्र भनेको बताउनुभएकाे छ । जारी लिगअन्तर्गत आज बिहान तय भएको काठमाडौं र विराटनगर सुपर किङ्ग्सबीचको खेलअघि खेलाडी टस गर्न मानेका थिएनन्।

‘मुख्य कुरा पेमेन्टको नै थियो,’ज्ञानेन्द्रले भने, ‘हामी र टिम अनरबीच कम्युनिकेसन ग्याप भइरहेको छ। त्यही भएर जिम्मेवार पक्ष अगाडि आइदिनुस् भनेर पहिले ‘कंक्रिट’कमिटमेन्ट गरियोस् भनेको हो।’

कप्तान ज्ञानेन्द्रले खास के भइरहेको छ भन्ने नै थाहा नभएकाले मैदानमा पहिले कुरा सुनिदिनुहोस् भनेको बताउनुभयाे।

‘पहिले भएका बाचाहरू पूरा हुनुपर्ने थियो, हुनुपर्ने भन्ने थियो। जो आउनुपर्ने सम्पर्कमा आउनु भएन, त्यही भएर कन्सर्न देखाएको हो,’ज्ञानेन्द्रले भन्नुभयाे, ‘प्राय टिमको अवस्था यही छ। विदेशी खेलाडी जाने, नमान्ने कुराले गर्दा विवाद भएको हो।’

नेपाल क्रिकेट संघ (क्यान)ले आज रातिसम्म पारिश्रमिक दिने आस्वासन दिएपछि खेल सुरु भएको ज्ञानेन्द्रले बताउनुभयाे।

‘आज रातिसम्म सबै कुरा हुने भन्ने तयारी छ। हुन्छ भन्ने आसमा छौं,’उहाँले भन्नुभयाे, ‘भएन भने भन्दा पनि हुन्छ भन्नेमा आशावादी छौं। भएन भने त्यही बेला निर्णय होला।’ टिम मालिकसँग कुराकानी नभएको र टिम व्यवस्थापक तथा कप्तानहरूले कुरा गर्दा पनि ठोस कुरा नआएको उहाँले बताउनुभयाे।

‘यो सबैभन्दा ग्रान्ड टुर्नामेन्ट र जिम्मेवार पक्षबाट हुँदा अझै ढुक्क हुन पाइन्छ भन्ने आश हुन्छ,’ज्ञानेन्द्रले भन्नुभयाे।

annapurnapost
 


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन