fbpx

चार करोड लागतमा चोभारमा बनेको नमूना क्यानओपी जीपलाइन सञ्चालनमा

author

समाचारपाटी

१0 महिना अगाडि

चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ । शनिवार जीपलाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गर्नुभएको हो । आजबाट सञ्चालनमा आएको क्यानओपी जीपलाइन नेपालमै पहिलो पटक नमूना जीपलाइनको रुपमा निर्माण गरिएको व्यवसायीहरुले दाबी गरेका छन् । उनीहरुले क्यानओपी जीपलाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने सञ्चालको भनाइ छ । शुरुमा एड्भेन्चर्स, त्यसपछि अलि डरलाग्दो र अन्त्यमा रमाइलो गरी तीन वटा अनुभव लिन सकिने बताएको छ । कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले यो नेपालकै पहिलो र नमूना जीपलाइन क्यानओपी रहेको दाबी गर्नुभयो । उहाँले जीपलाइन एउटै स्टेप र अनुभवमा सकिने भएपनि चोभारमा भने तीन वटा अनुभव लिन सकिने बताउनु भयो । उहाँले द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव प्राप्त गर्ने बताउनु भयो । उहाँले जापनिज प्रविधि र नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याएकाले सुरक्षित रहेको र बालबालिकादेखि वृद्धवृद्धाहरु सबैले अनुभव लिनसक्ने बताउनु भयो । उहाँले जीपलाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज गरी तीन वटा प्याकेज रहेको र न्युन दरमा अधिकतम मनोरञ्जन लिनसक्ने गरी एउटा मात्रै अनुभव लिनेलाई ५ सय र तीन वटै अनुभव लिनेलाई १ हजार २ सय रुपैयाँ टिकट निर्धारण गरिएको जानकारी दिनुभयो । उहाँले स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट रहेको पनि बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘यो नेपालकै पहिलो र नमूना जीपलाइन क्यानओपी हो । जीपलाइन एउटै स्टेपमा, एउटै अनुभवमा सकिन्छ । तर यहाँ र यो तीन वटा अनुभव एकै ठाउँमा लिन सकिन्छ । द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव यहाँबाट पाउनुहुनेछ । प्रविधिका हिसावले पनि जापनिज प्रविधि, एक्सपर्टका हिसावले नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याएका छौँ । सुरक्षाको हिसावले पनि नमूना छ । तीन वटा चरणको सुरक्षा यसमा छ । जीपलाइन भन्दा पृथक अनुभव दिने खालको क्यानओपी सञ्चालनमा ल्याएका छौँ । यसमा जीपलाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज छ । यसमा चार करोड लगानी भएको छ । न्युन दरमा अधिकतम मनोरञ्जन लिनसक्ने गरी टिकट दर एउटा मात्रै अनुभव लिनेलाई ५ सय र तीन वटै अनुभव लिनेलाई १ हजार २ सय छ । स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट छ । सबैले यसको अनुभव लिन सक्नुहुनेछ । तीन वटा स्टेप गरी ३५० मिटरको दूरी छ ।’

कार्यक्रममा बोल्दै जेभी एड्भेन्चरका निर्देशक हिमाल गुरुङले चोभारलाई पर्यटकीय हव बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले पर्यटकीय हब बनाउन सबैको साथ र सहयोग चाहिने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘यो ठाउँलाई हामीले भोलिको दिनमा पर्यटकीय हव बनाउनको लागि लगानी गरिरहेका छौँ । यसलाई पर्यटकीय हव बनाउन सबैको सहयोग चाहिन्छ ।’

कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका ६ का पूर्वअध्यक्ष न्हुछेबहादुर महर्जनले एड्भेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई समृद्धितिर अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले हरेक पर्यटकीय गतिविधिले कीर्तिपुरलाई उजागर गर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामीले खाएका कसमहरु पूरा गर्दै जाने हो भने यो एड्भेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई समृद्धितिर अघि बढाउँछ । यहाँ हुने हरेक पर्यटकीय गतिविधिले कीर्तिपुरलाई उजागर गर्नेछ ।’

चोभार क्यानओपी जीपलाइनको उद्घाटन गर्दै अभिनेत्री वर्षा राउतले आफू पहिल्यैबाट एड्भेन्चर प्रेमी भएकाले उत्साहीत रहेको बताउनु भयो । उहाँले बालबालिकादेखि सबैले जीपलाइन क्यानओपी गर्नसक्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘म पहिलादेखि नै एड्भेन्चर प्रेमी हुँ । रमाइलो लाग्छ, एक्साइटेड भएँ । बालबालिकादेखि सबैले गर्न मिल्छ । डर धेरै नै हुँदैन । नेशनल टुरिजम यस्ता कुराहरुले राम्रो हुन्छ । नेपालमा यस्ता कुरा धेरै हुनुपर्छ, नेपालमा हातमा गन्ने मात्रै छन् ।’

उहाँले नेपालमा पर्यटक बढाउने गतिविधि बढी भन्दा बढी हुनुपर्ने बताउनु भयो । क्यानओपी जीपलाइनमा तीन वटा स्टेप गरी ३५० मिटरको दूरी रहेको छ । 
 
 


काठमाडौं

शनिबार, अशोज १९, २०८१

२०.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने