सत्ता गठबन्धनका उम्मेदवारलाई राष्ट्रिय सभा निर्वाचनमा जिताउन शिर्ष नेताहरुको अपिल

author

समाचारपाटी

१ year अगाडि

सत्ता गठबन्धनका उम्मेदवारलाई राष्ट्रिय सभा निर्वाचनमा जिताउन शिर्ष नेताहरुको अपिल
सत्तारुढ गठबन्धनका राष्ट्रिय सभा उम्मेदवारहरुलाई जिताउन गठबन्धनका शिर्ष नेताहरुले अपिल गरेका छन् । 

आईतवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रिय सभामा गठबन्धनको तर्फबाट उठाइएका उम्मेदवारहरुलाई जिताउन संयुक्त आह्वान गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका उम्मेदवार सबैका साझा उम्मेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शिर्ष नेताहरुले आह्वान गर्नुभएको बताउनु भयो । उहाँले प्रदेशहरुमा र जिल्लाहरुमा समन्वय समितिहरु गठन भएको बारेमा नेताहरुलाई ब्रिफिङ गरिएको पनि बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘सरकारमा रहेका, सरकारलाई सहयोग गरिरहेका राजनीतिक दलका प्रमुख नेताहरुको बैठक हो । यो बैठक राष्ट्रिय सभा निर्वाचनका लागि हो । राष्ट्रिय सभा निर्वाचनको सत्ता पक्षका गठबन्धनका साझा उम्मेदवारहरुलाई कसरी जिताउने भन्ने छलफल भयो । संयुत्तः अपिल जारी गर्ने काम भएको छ । सबै सात दलका नेताहरुले संयुक्त रुपमा हस्ताक्षर गरेर १९ जना उम्मेदवार नै हामी सबैका साझा उम्मेदवार हुन् र सबैले मतदान गरेर जिताउनका लागि भनेर आह्वान गर्ने काम भएको छ । प्रदेशहरुमा समन्वय समितिहरु गठन भएका छन् । जिल्लामा समन्वय समितिहरु गठन भएका छन् । त्यसका बारेमा पनि नेताहरुलाई ब्रिफिङ गर्ने काम भएको छ ।’

आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । निर्वाचनबाट गठबन्धनलाई अझ संगठित र बलियो बनाउन आवश्यक रहेको गठबन्धनको निस्कर्ष छ । गठबन्धन देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर भएको भन्दै नेताहरुले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको बताएका छन् । 


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन