fbpx

यस्तो छ, एमाले उम्मेदवार भिम कार्कीले कोरेको विकासको गोरेटो

author

समाचारपाटी

२ years अगाडि


पोखरा । नेकपा (एमाले)को तर्फबाट कास्की क्षेत्र नम्वर २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीले विकास र समृद्धिको नेतृत्व एमालेले मात्रै गर्न सक्ने दावी गर्नुभएकाे छ । जुन कुरा विगतको आफ्नो पार्टीको नेतृत्वको सरकारले देखाइसकेकोले अव पनि विकास कस्तो हुन्छ, एमालेले देखाउने उहाँको प्रष्टोक्ति छ ।

निर्वाचन अभियानको क्रममा आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पोखरा महानगरका विभिन्न स्थानमा जनसाक्षात्कार गर्न पुगेका एमाले उम्मेदवार कार्कीले सुशासन, विकास, समृद्धि र समानताका लागि ५ वर्षे नीति तथा कार्यक्रम सार्वजनिक गरेको भन्दै एमालेका ट्वान्टी ग्यारेन्टी नै विकासको नेतृत्व गर्ने खाका भएको उल्लेख गर्नुभयाे ।

कार्कीले जस अन्तर्गत बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र, दिगो आर्थिक विकास, उच्च आर्थिक वृद्धिदर , भुमिको बैज्ञानिक व्यवस्थापन, कृषि भुमिमा पानी सिँचाईमा लगानी, सहकारीबाट व्यवसाय प्रवद्र्धन गर्दै नागरिकको आर्थिक उन्नयन, औद्योगिकिकरण मार्फत अर्थतन्त्रको रुपान्तरण, पर्यटन र संस्कृति राष्ट्रको समुन्नति,राष्ट्रका लागि युवा युवाका लागि एमाले, कमाई युवाको रमाई, पढाइ भविस्यको जग बसाई, खेतबारीमा पानी स्वदेशमा जवानी, फ्री युनिट पचास युनिट्व, दिन दिनै सडक विस्तार विकासका पूर्वाधारको आधार, स्वस्थ महिनावारी १५ सय वर्षभरी, हाम्रो नेपाल निरोगी नेपाल, मर्यादित श्रम सुरक्षित रोजगारी अघि सारेको बताउनुभयाे ।

उहाँले स्वस्थ खानेपानी जनताको हकलाई सम्वोधन गर्न फ्री मिटर दश हजार लिटर,अब भोकै कोहि नेपाली बस्नु नपर्ने अवस्था सिर्जना गर्न हङ्गर नो लङ्गरको अवधारणा अघि सारेको भन्दै उत्पादन स्वदेशी बजार विदेशी,सुरक्षित छाना सबैको चाहाना, नो लाइन सेवा अनलाइन फाइभजी संचार आइटिमा चमत्कार लगायतका कार्यक्रम घोषणा गरेको र अव बन्ने एमाले सरकारले पूरा गरेरै छाड्ने बताउनुभयाे ।

कार्कीले समृद्ध गण्डकी निर्माणका लागि योजना सुनाउदै विकास अभियान व्यवस्थित बनाउने, मितव्ययी र स्वावलम्वी प्रदेश सरकार निर्माण गर्दै भुमिहिन तथा अव्यवस्थित गरिरहेकाहरूलाई जग्गाको मालिक बनाउने, देशमा विद्यमान महङ्गी, भ्रष्टाचार र कुरितिलाई न्यूनीकरण गर्दै लाने, अत्याधुनिक तवरले पोखराको ट्राफिक व्यवस्थापनमा भुमिका खेल्ने, गण्डकी प्रदेशलाई अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बनाउँदै कृषि,पर्यटन र शिक्षाको हव बनाउने,प्रदेशको विकासका सूचकांक र न्युनतम पूर्वाधारलाई क्रमशः बलियो बनाउने, पोखराको फोहोर व्यवस्थापन दीर्घकालीन रूपमा समाधान गर्ने आफ्नो क्षेत्रमा एक वडा एक सुविधाजनक अस्पताल र प्राविधिक शिक्षा सहित बहुमुखी क्याम्पस संचालनमा भुमिका खेल्ने, क्षेत्र भित्र पर्ने वडाहरू जोड्न मोटरेबल पूल र सडक निर्माण गर्दै पोखरा वरिपरिका डाँडाहरूलाइ ग्रीन हिल सिटिमा परिणत गरि एक वडा एक आकर्षक पर्यटकीय गन्तव्यको योजना कार्कीले सुनाउनुभयाे ।

यति गर्न सके आफ्नो पार्टीको महानगरीय विकासको अवधारणा साकार भएर तिव्र आर्थिक विकासमा अघि बढ्ने उहाँको दावी छ ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन