महामारीका कारण बन्द भएको कम्बोडियाको वाटर फेस्टिभल ३ वर्षको अन्तरालपछि पुनः शुरु भएको छ ।
कम्बोडियाको सबैभन्दा ठूलो पर्व वार्षिक वाटर फेस्टिभल कोभिड–१९ महामारीका कारण तीन वर्षको अन्तरालपछि शुरु भएको हो । डुङ्गा दौड तीन दिनसम्म चल्ने महोत्सवका रुपमा मनाइन्छ । राजधानी नोम पेन्हको रिभरफ्रन्टमा दक्षिणपूर्वी एशियाली राष्ट्रहरूबाट दशौं हजार ओर्सम्यान र दर्शकहरू पुग्ने गर्दछन् । डुङ्गा दौड प्राविधिक नियन्त्रण समितिका उपाध्यक्ष बो चुमसेरेले यस वर्षको रेगाटामा करिव २० हजार ४१७ चालक दलका सदस्यसहित ३३७ डुङ्गाले भाग लिएको बताउनु भयो ।
ओर्सम्यानहरूले शाही दरबारको अगाडिबाट बग्ने टोन्ले साप नदीको १.७ किलोमिटर खण्डमा आफ्नो डुङ्गा दौड गर्नेछन् । डुङ्गा दौडले ११ औं शताब्दीको उत्तराद्र्धमा पुरातन खमेर साम्राज्यको समयमा शक्तिशाली खमेर समुन्द्री सेनाको शक्तिलाई सम्मान गर्दछ ।
एक दर्शकले आफू तेस्रो पटक डुंगा दौड हेर्न आएको बताउनु भयो । उहाँले यसले आफूलाई आनन्दित तुल्याउने बताउनु भयो । त्यस्तै अर्का एक दर्शकले आफू महोत्सव हेर्न पाउँदा उत्साहीत भएको बताउनु भयो । उहाँले देशलाई विदेशी आगन्तुकहरूको प्रवद्र्धनमा यसले मद्दत गर्ने बताउनु भयो ।
कम्बोडियाका राजा नोरोदोम सिहामोनी, प्रधानमन्त्री हुन मानेट र अन्य विशिष्ट व्यक्तिहरूसँग शाही दरबार अगाडि नदी किनारमा खडा गरिएको मञ्चबाट डुङ्गा दौडको अवलोकन गर्नुभएको थियो ।
सिन्ह्वा