सी.जी. मोटर्स हिरोद्वारा पोखरामा “एक्सट्रयाक”अफ–रोड ट्रयाक राइडिङ्गको अद्भुत अनुभव प्रदान गर्ने लक्ष्य

author

समाचारपाटी

४ हप्ता अगाडि

काठमाडौं । सी.जी. हिरो मोटोकर्पले पहिलो संस्करणको रुपमा धुलिखेलमा अवस्थित “डर्ट टेम्पल” मा ३ सय भन्दा वढी राईडरहरुको सहभागितामा साथ भव्य रुपमा “एक्सट्रयाक” ईभेन्ट सम्पन्न गरे पश्चात दोश्रो संस्करण पर्यटनको मुटु पोखरामा यही मिति २०८२ जेष्ठ ३१ गते शनिवारको दिन आयोजना गर्ने भएको छ । उक्त ईभेन्टमा मोटरसाईकल प्रेमी राईडरहरुले डर्ट ट्रयाक एवं अफ रोड राईडिङ्गको अविष्मरणिय अनुभव गर्न पाउने आयोजक कम्पनीले जनाएको छ ।

ईभेन्टमा सहभागिहरुले हिरोको एडभेन्चर श्रेणीका मोटरसाईकल विशेषतः हिरो एक्सपल्स २०० फोरभि र एक्सपल्स २०० फोरभि प्रो, विशेष रुपमा डिजाईन गरि तयार पारिएको ट्रयाकमा प्रत्यक्ष रुपमा चलाएर आफ्नो अफरोड राईडको स्किलको समेत परिक्षण गर्ने अवसर प्राप्त गर्नेछन् । कार्यक्रममा सुरक्षाका समग्र मापदण्डको सुनिश्चिकताका साथै व्यवसायिक मार्शलहरुको प्रत्यक्ष प्रशिक्षण एवं निर्देशनमा सहभागिहरुले आफ्ना अफरोड राइडिङ्ग कलाको टेस्ट गर्नुका साथै थप राइडिङ्ग टिस्प पनि प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन् ।

पोखराको महेन्द्र गुफा नजिक आयोजना हुने वहुप्रतिक्षित “एक्सट्रयाक इभेन्ट” विहान १० बजेवाट शुरु हुनेछ । यस ईभेन्टमा सहभागिता जनाउन चहानु हुने ईच्छुक महानुभावहरुले समयमा नै हिरो मोटोकर्प नेपालको सोसियल मिडिया पेज गई निःशुल्क रुपमा रजिष्ट्रेसन गरि आफ्नो सिट सुरक्षित गर्न सक्नु हुनेछ । सहभागिताका लागि ईच्छुक राईडरहरुले चालक अनुमती पत्रका साथ सेफ्टी गियरहरु आफ्नो साथमामा लिएर आउनु पर्नेछ ।

ईभेन्टमा सहभागी तथा अनुभवी राईडरहरुका लागि हिरो मोटोकर्प नेपालका तर्फवाट मोटरसाईकल उपलब्ध गराईनेछ । साथै कम्पनीका तर्फबाट निःशुल्क एक्सपल्स ब्राण्डेड जर्सी लिमिटेड एडिशनको व्यवस्था गरिएको कम्पनीले वताएको छ ।

उक्त ईभेन्टको मुख्य उद्देश्य मोटरसाईकल प्रेमी युवा पुस्ताहरुमा मोटरसाईकल संस्कृतिको प्रवद्र्धन गनुका साथै सी.जी. हिरो मोटोकर्पले वजारमा उपलव्ध गराउँदै आएका अत्याधुनिक प्रविधीमा सुसज्जित मोटसाईलहरुको प्रत्यक्ष अनुभव प्रदान गर्नुपनि हो ।


काठमाडौं

मङ्लबार, असार २४, २०८२

२१.२९°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन