व्यवसायी दुर्गा प्रसाईंले गरे थप आन्दोलन घोषणा

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनका थप कार्यक्रम घोषणा गर्नुभएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आन्दोलनका थप कार्यक्रम घोषणा गर्नुभएको । उहाँले आन्दोलनका क्रममा हरेक शनिवार दिनको १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्वासीहरु, सर्वहारा वर्गहरु, फुटपाथमा व्यापार गर्नेहरु जम्मा गरी माईतीघर मण्डलाबाट जुलुस ल्याइ बानेश्वर चोकमा कोणसभा गर्ने, चैत्र १ देखि १९ गतेसम्म हेटौंडा, पोखरा, जनकपुर र वीरगञ्ज, दार्चुला, बैतडी, महेन्द्रनगर इटहरी, विराटनगर, धरान, दमकसम्म सामन्तीबिरुद्धको आमसभा र कोणसभा गर्ने, २४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने, व्यापारीहरुले पसल बन्द गर्ने, राँके जुलुस गर्ने, कर तिर्ने, मालपोतमा जग्गा पास नगर्ने, केही मान्छेहरु आफ्नै खर्चमा काठमाडौं आइ यो अभियानलाई सफल बनाउने, चैत्र १ गतेदेखि राष्ट्रव्यापी रुपमा महाअभियानको गठन गर्ने लगायतका बिरोध कार्यक्रम गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँले हरेक शनिवार दिनको १ बजे ध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्वासीहरु, सर्वहारा वर्गहरु, फुटपाथ
मा व्यापार गर्नेहरु जम्मा गरी माईतीघर मण्डलाबाट जुलुस ल्याइ बानेश्वर चोकमा कोणसभा गर्ने ।
चैत्र १ देखि १९ गतेसम्म हेटौंडा, पोखरा, जनकपुर र वीरगञ्ज, दार्चुला, बैतडी, महेन्द्रनगर इटहरी, विराटनगर, धरान, दमकसम्म सामन्तीबरुद्धको आमसभा र कोणसभा गरिारहने । २४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने, व्यापारीहरुले पसल बन्द गर्ने, राँके जुलुस गर्ने, कर तिर्ने, मालपोतमा जग्गा पास नगर्ने, केही मान्छेहरु आफ्नै खर्चमा काठमाडौं आइ यो अभियानलाई सफल बनाउने । चैत्र १ गतेदेखि राष्ट्रव्यापी रुपमा महाअभियानको गठन गर्ने ।’


त्यस्तै उहाँले पत्रकार सम्मेलनमा राष्ट्रलाई संघीयता बनाइएको सेतो हात्तीको खारेज गरी सबै धर्मलाई सम्मान गर्दै वैदिक सत्य सनातन राष्ट्र कायम गर्नुपर्ने माग गर्नुभयो । उहाँले गणतन्त्रको बाटो हिँड्दा अभाव सिद्ध भएका कारण २०४७ सालको संविधान लागू गर्नुपर्ने, संविधानलाई संशोधन गरी सबै पक्षलाई मान्य हुनेगरी अघि बढ्ने, बैंक,वित्तीय सहकारी बमिा कम्पनीहरुलाई तुरुन्त राष्ट्रियकरण गरी निक्षेपकर्ताको निक्षेपकलाई ध्यानमा राख्दै निक्षेपकर्ताको ब्याज ६ प्रतिशत भन्दा माथि नहुने गरी लघुवित्त र सहकारीका ऋणीहरुको २० लाख भन्दा मुनिको ऋण मिनाह गरी विखण्डन भएको परिवार र घरबाट निकाली सुकुम्वासी बनाइ सडकमा पु¥याएका परिवारलाई एकै ठाउँमा बस्ने वातावरण मिलाउनुपर्ने, २० लाख भन्दा माथिको ऋणमा ४ देखि ५ प्रतिशत ब्याजमा दिनुपर्ने र उद्योग धन्दा कलकारखाना खोली नेपालबाट वैदेशिकरोजगारमा गएका नेपाली युवाहरुलाई नेपालमा नै स्वरोजगारको लागि ग्यारेन्टी गर्नुपर्ने लगायतका मागहरु रहेका छन् ।


उहाँले भन्नुभयो, ‘राष्ट्रलाई संघीयता बनाइएको सेतो हात्तीको खारेज गरी सबै धर्मलाई सम्मान गर्दै वैदिक सत्य सनातन राष्ट्र कायम गर्नुपर्ने
गणतन्त्रको बाटो हिँड्दा अभाव सिद्ध भएका कारण २०४७ सालको संविधान लागू गर्नुपर्ने ।
संविधानलाई संशोधन गरी सबै पक्षलाई मान्य हुनेगरी अघि बढ्ने ।
बैंक,वित्तीय सहकारी बमिा कम्पनीहरुलाई तुरुन्त राष्ट्रियकरण गरी निक्षेपकर्ताको निक्षेपकलाई ध्यानमा राख्दै निक्षेपकर्ताको ब्याज ६ प्रतिशत भन्दा माथि नहुने गरी लघुवित्त र सहकारीका ऋणीहरुको २० लाख भन्दा मुनिको ऋण मिनाह गरी विखण्डन भएको परिवार र घरबाट निकाली सुकुम्वासी बनाइ सडकमा पु¥याएका परिवारलाई एकै ठाउँमा बस्ने वातावरण मिलाउनुपर्ने ।
२० लाख भन्दा माथिको ऋणमा ४ देखि ५ प्रतिशत ब्याजमा दिनुपर्ने र उद्योग धन्दा कलकारखाना खोली नेपालबाट वैदेशिकरोजगारमा गएका नेपाली युवाहरुलाई नेपालमा नै स्वरोजगारको लागि ग्यारेन्टी गर्नुपर्ने ।


बैंक तथा वित्तीय संस्थाबाट पत्रिकामा ३५ दिने सूचना प्रकाशित गर्ने काम बन्द गर्नुपर्ने ।
कोभिड र राजनीतिक अस्थिरताका कारण व्यापारीहरु थलिएका हुनाले सो ऋणलाई ५ वर्षको समय थपी पुनः काम गर्ने वातावरण मिलाउनुपर्ने ।


बैंकले धितोमा लिलाम गरी सुकुम्वासी बनाइएकाहरुको धितो फिर्ता गरी उक्त ऋणलाई पुनः संरचना गरी १५ वर्षमा तिर्नेगरी किस्तामा बैंकको ऋण तिर्ने वातावरण बनाउनुपर्ने, यसको जिम्मा सरकारले लिनुपर्ने ।
सम्पूर्ण सरकारका मातहतमा रहेका संघसंस्थाहरुको रकम बैंकमा राख्दा जिरो प्रतिशत ब्याजमा राखिनुपर्ने, सरकारले याब्दी खाता खोल्न नपाउने ।


निजामति कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरुको तलव सुविधानमा कम्तीमा १ लाख ५० हजार हुने ग्यारेन्टी गर्नुपर्ने ।
सर्वोच्च अदालतमा १ सय जना न्यायाधीशहरु थप गरी जस्तोसुकै मुद्दालाई पनि २ वर्षभित्र छिनोफानो गर्नुपर्ने ।
जेलमा रहेका केदीबन्दीहरुलाई उच्चस्तरीय आयोग गठन गरी छानबिन गरी जेलमुक्त गराइ बाँकी बन्दीहरुलाई श्रम शिविरमा रुपान्तरण गरिनुपर्ने । जेलको अवधारणा हरेक विकास क्षेत्रमा जेलका विभिन्न किसिमका अध्यापन गर्नुपर्ने ।


उच्च शिक्षा हासिल गर्न विदेश जाने बाटो बन्द गरी नेपालमै थप विश्वविद्यालय खोली उच्च शिक्षा हासिल गर्न पाउने वातावरण मिलाउनुपर्ने । वर्षको २० हजार नर्स, १० हजार डाक्टर, २ हजार इन्जिनियर र सिए पढ्ने वातावरण मिलाउनुपर्ने ।
गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने ।
राजाका पालामा स्थापना भएका र प्रजातन्त्र स्थापनापछि बेचिएका सबै उद्योगहरु फिर्ता गरी पुनः सञ्चालनमा ल्याउनुपर्ने ।
बेरोजगार युवालाई बिना धितो ऋण उपलब्ध गराइ रोजगारी सिर्जना गर्नुपर्ने ।
नेपालमा जन्मिएर विश्वभर छरिएर रहेका नेपालीहरुले दोहोरो नागरिकता राख्न पाउनुपर्ने ।’

व्यवसायी प्रसाईंले आफ्नो अभियानका अभियन्ताहरुलाई सरकारले पक्राउ गरेकोमा आपत्ति जनाउँदै तत्काल छोड्नुपर्ने माग गर्नुभयो । उहाँले बेरोजगार युवालाई बिना धितो ऋण उपलब्ध गराइ रोजगारी सिर्जना गर्नुपर्ने, नेपालमा जन्मिएर विश्वभर छरिएर रहेका नेपालीहरुले दोहोरो नागरिकता राख्न पाउनुपर्ने माग राख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas

https://www.youtube.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पोखरा ३३ मा नेकपा एस र माओवादी केन्द्रका प्रभावशाली...

सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन, अझै ६ वटा मन्त्रालयमा मन्त्री...

‘संघीय निजामती सेवा ऐनमा देखिएको विवाद समाधान गरेँ’

मिटरब्याजबाट पीडित जनताका समस्या तत्काल समाधान गर्नुपर्छ : अध्यक्ष...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

आज अन्तर्राष्ट्रिय महिला दिवस, कसरी सुरु भयो नारी दिवस ?

अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा...

विचार

महिलाहका लागि छुट्टै बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह

बैठकमा बोल्दै राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले महिलाहरुलाई प्रत्यक्षतर्फ नै प्रतिनिधि सभामा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनका लागि वातावरण बनाउनुपर्ने...

विचार

सर्वोच्चमा ५ र उच्च र जिल्ला अदालतमा २ वर्षभित्रै मुद्दाको...

मंगलवार कानून व्यवसायी क्लव काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो दाबी गर्नुभएको हो ।...

खेलकुद समाचार

थप देखाउनुहोस्

ICC Cricket World Cup League

UAE

310

:

NEPAL won by 9 Runs by DLS method

Nepal

FULL TIME

ICC Cricket World Cup League

PNG

95

:

100

Nepal

FULL TIME

ICC Cricket World Cup League

Nepal

248

:

77

UAE

FULL TIME

ICC Cricket World Cup League

PNG

249

:

190

UAE

FULL TIME

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गायिका प्रविशा अधिकारी स्वरमा ‘यहीं कतै २‘ मा जेनिशा...

प्रताप दास र अस्मिताको स्वरमा रहेकाे गीत ‘तिमीसंगै हुँदा’...

कमलमणि अभिनित फिल्म ‘बहाव’ चैत २४ गतेबाट रिलिज हुँदै

गगन सिंहको शब्द, संगीत र स्वरमा ‘माया नगर’ सार्वजनिक

काठमाडौं

शनिबार, चैत्र १८, २०७९

१९.३८°

-
Clouds