fbpx

नेपालमा करिव करिव ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध

author

समाचारपाटी

४ महिना अगाडि


नेपालमा करिव ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढंगले सञ्चालन भइरहेको तथ्यांक सार्वजनिक भएको छ । 
राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रवार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षणमा सो कुरा उल्लेख गरिएको हो । सर्वेक्षणमा करिव ६८ प्रतिशत व्यापारिक प्रतिष्ठान भने सरकारी निकायमा दर्ता भई सञ्चालनमा आएको तथ्य समावेश गरिएको कार्यालयका निर्देशक प्रभा बरालले बताउनु भयो । मुलुकमा वैध रुपमा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानहरुमध्ये महिलाहरुको स्वामित्वमा २६ प्रतिशत रहेको र पुरुषको स्वामित्वमा ७४ प्रतिशत रहेको पनि सर्वेक्षणले देखाएको छ । २०६५ सालयता गरिएको सो सर्वेक्षणकाअनुसार मोटर ट्रेड एण्ड रिपियरमा महिलाहरुको स्वमित्व सबैभन्दा कम ८ प्रतिशत छ । 


कार्यालयकी निर्देशक बरालले भन्नुभयो, ‘टोटलमा ७४ पर्सेन्ट प्रतिष्ठानहरु पुरुषको स्वामित्वमा रहेका छन् भने २६ पर्सेन्ट महिलाहरुको स्वामित्वमा रहेको पाइयो । यो दर्ताको आधारमा लिइएको तथ्यांक हो । त्यस्तै प्रोभिन्सवाइज हेर्ने हो भने गण्डकीमा ६४ दशमलव ९ पर्सेन्ट चाहीँ पुरुषहरुको स्वामित्वमा र ३५ पर्सेन्ट चाहीँ महिलाको स्वामित्वमा देखाउँछ भने मधेशमा हेर्ने हो भने ८९ पर्सेन्ट मेलको ओनर्सिप र १० दशमलव ८ पर्सेन्ट चाही फिमेलको अनर्सिप देखियो । अब यो रिटेल ट्रेडमा ७४ पर्सेन्ट मेलको ओनर्सिप देखियो भने २७ पर्र्सेन्ट फिमेलको ओनर्सिप देखियो । अनि, होलसेल ट्रेडमा ८४ पर्सेन्ट मेल र १६ पर्सेन्ट जति महिलाहरुको स्वामित्व छ । र मोटर ट्रेड एण्ड रिपियरमा धेरै पुरुषहरुको ९२ पर्सेन्ट मेल ओनर्सिप र करिव ८ पर्सेन्ट जति महिलाहरुको ओनर्सिप देखियो । भनेपछि यहाँ धेरै महिलाहरु इन्गेज भएको रिटेल ट्रेडमै देखियो ।’

सर्वेक्षणमा तलव ज्याला र अन्य सुविधा नलिई काममा संलग्न व्यक्तिहरुको संख्या तलव ज्याला सुविधा लिई काम गर्नेहरु भन्दा बढिरहेको पनि दाबी गरिएको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, असार १, २०८१

२५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन