सिन्धुपाल्चोक जन्ती बस दुर्घटनाका मृतकको सनाखत

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बस दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईका अनुसार मृत्यु हुनेमा दोलखाको भीमेश्वर नगरपालिका-१ बस्‍ने १६ वर्षीय शिव श्रेष्ठ, भीमेश्वर-१कै ७० वर्षीय मानबहादुर थामी र सोही नगरपालिकाका १९ वर्षीय दिपेन्द्र थामी रहेका छन् ।

यस्तै दुर्घटनामा परी घाइते हुनेहरूमा दोलखा बस्‍ने २१ वर्षीया स्वस्थानी तामाङ ( टाउको र हातखुटामा चोट), दोलखा बस्‍ने २५ वर्षीय प्रकाश तामाङ, भीमेश्वर-१ बस्‍ने ४४ वर्षीय ज्ञान बहादुर तामाङ (टाउको र शरीरमा चोट) , बस चालक ३४ वर्षीय दलबहादुर तामाङ, दोलखा कालिन्चोक- ९ बस्‍ने २४ वर्षीय सिंहबहादुर लामा, भीमेश्वर -१ बस्‍ने १७ वर्षीया ईश्वरी थामी, सुदरवती गाउँपालिका-९ बस्‍ने १९ वर्षीय लक्ष्मण थामी र भिमेश्वर -१ बस्‍ने गोपाल थामी रहेका छन् ।

यस्तै पाँच जना भने सामान्‍य घाइते भएकाहरू उपचार गरेर घर फर्किइसकेका छन् । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।

onlinekhabar


काठमाडौं

मङ्लबार, बैशाख १६, २०८२

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन