जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका वडा नं १ लेवाडे स्थितमा काठमाण्डौबाट बेनी तर्फ जाँदै गरेको बस आज बिहान दुर्घटनामा परेकाे छ । बा ५ ख २८५ नं को बस ३ बजे सडको दायाँ साईडतर्फ नालामा पल्टिन जादाँ उक्त बसमा सवार १३ जना मध्ये ८ जना व्यक्ति घाईते भएका छन । घाईतेहरूलाई उपचारको लागी अस्पताल पठाइएकाे प्रहरीले जनाएकाे छ ।
घाईते हुने चालक जिल्ला पर्वत जलजला गाउँपालिका वडा नं.८ बस्ने बर्ष ३६ को बल बहादुर फगामी मगर बाहिरी चोट नदेखिएको, अवस्था मध्यम रहेको उहाँको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भई रहेको छ । जिल्ला म्याग्दी मालिका बस्ने बर्ष ३९ को टक बहादुर कामी बायाँ हातमा चोट लागेकाे अवस्था मध्यम रहेकाे मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भई रहेको छ । जिल्ला म्याग्दी मंगला गाउँपालिका १ निस्कोट बस्ने बर्ष ४५ को प्रेम पुन निधार र दुबै हातमा चोट, अवस्था मध्यम उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भई रहेको छ । म्याग्दी मंगला गाउँपालिका ८ बस्ने बर्ष ५७ को तिलक शर्मा बायाँ कुईनामा चोट अवस्था मध्यम उहाँको गण्डकीमेडिकल कलेजमा उपचार भईरहेको छ ।
जिल्ला म्याग्दी घर बताउने बर्ष २५ की रञ्जना हमाल मुखमा चोट अवस्था मध्यम उहाँको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भई रहेको छ। जिल्ला म्याग्दी मालिका दरबाङ बस्ने बर्ष १५ की सबिता श्रीपालीको दायाँ कुममा चोट लागेकाे अवस्था मध्यम, उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । जिल्ला म्याग्दी मंगला गाउँपालिका सिमह बस्ने बर्ष ५७ की हरी केसीकाे टाउको दुखेको,बाहरी चोट नभएको, अवस्था सामान्य रहेकाे उहाँको मणिपाल शिक्षण अस्पतालमा उपचार
भई रहेको छ । जिल्ला म्याग्दी मालिका गाउँपालिका ६ दरबाङ बस्ने वर्ष १७ को भिमसेन अधिकारी कम्मरमा चोट अवस्था समान्य, बेनी अस्पताल म्याग्दीमा उपचार भई रहेको छ ।
उक्त स्थानमा प्रहरी चौकी नौडाँडा कास्कीबाट प्रहरी टोली खटि अनुसन्धान प्रक्रिया अघि बढाएकाे छ । बस घटनास्थलमा रहेको छ ।