fbpx

मृत आत्माशान्तिको कामना गर्दै विमान दुर्घटनास्थलमा गरीयाे बौद्ध पूजा

author

समाचारपाटी

१ year अगाडि

पाेखरा । गुरुङ तमु लामा बौद्ध समाज नेपालले यती एयरको जहाज दुर्घटना भएको स्थलमा मृत आत्मा शान्तिको कामनासहित दिप प्रज्वलन तथा पूजा पाठ गरेको छ ।

गुरुङ तमु लामा बौद्ध समाजका अध्यक्ष तथा खेन रिम्पोछे शिर लामा गुरुङको नेतृत्वमा आइतबार उक्त पूजा आरधनासहित दिप प्रज्वलन गरिएको हो ।

समाजका अध्यक्ष तथा धर्मगुरु लामाले दुर्घटना भएकै समय पारेर पूजा पाठ गर्दा दिवंगत आत्मालाई शान्ति मिल्ने धारणा राख्नुभयाे । ‘आइतबार विमान दुर्घटना भएको एक हप्ता भएको छ’, धर्मगुरु लामाले भन्नुभयाे, ‘माघ १ गते
१० देखि ११ बजेको समयमा भएको थियो । आज हामी सोही समय पारेर मोन्लम (प्रणिधान) पाठ बाचन गरेका छौं ।’
उहाँले एकपटक दुर्घटना भएको स्थानमा दोहोरिन सक्ने बताउँदै भन्नुभयाे, ‘धेरै विधी, ज्योतिष विज्ञान र तन्त्रले के भन्छ भने, अकल्पनीय दुर्घटना भएको ठाउँमा स्वस्तीशान्ती पूजा गरिएन भने फेरिपनि दुर्घटना दोहोरिन सक्छ भन्ने विश्वास छ, त्यसैले एकपटक दुर्घटना भएको ठाउँमा फेरि पनि हुन सक्छ भन्ने उद्देश्यसहित यो पूजा गरेका हौ ।’

धर्मगुरु लामाले उक्त दुर्घटनापछि आसपासका बासिन्दामा डर र त्रास सिर्जन भएको बताउँदै स्वस्तीशान्ति पूजा आवश्यक रहेको धारणा राख्नुभयाे । ‘दुर्घटना पछि यहाँ आसपासमा रहनुहुने बासिन्दामा एक खालको डर र त्रास सिर्जना भएको छ, यस पूजापछि मनमा शान्ति मिल्ने हामीले विश्वास लिएका छौं ।’

उहाँले अनुकुल तिथी पारेर गरेको पूजा प्रभावकारी हुने बताउँदै आइतबारकै दिनमा पूजा तथा दिप प्रज्वलन गरेको जानकारी दिनुभयाे । ‘आज पहिलो पुण्य तिथी हो, त्यसैले ग्रन्थमा उल्लेख भएअनुसार अकल्पनीय घटनामा ज्यान गुमाउनेहरुको आत्मा भड्किन सक्ने भएकाले हामीले मृतआत्माको नाममा दिप प्रज्वलन र पूजा गरेका हौं ।’ उहाँले भन्नुभयाे ।

उक्त दिप प्रज्वलन तथा पूजामा दर्जनौं बौद्ध लामागुरुहरु, मृतकका आफन्तजनहरु र सयौंको सँख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो । बौद्ध धर्म अनुसार अकल्पनीय दुर्घटना हुने ठाउँमा मृतआत्माको शान्तीको कामनासहित (सियुँ मास्ने) पूजाआजा तथा दिप प्रज्वलन गर्ने प्रचलन रहेको छ ।


काठमाडौं

मङ्लबार, जेष्ठ ८, २०८१

२०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

सांसदहरूको नाराबाजीकै बीच प्रधानमन्त्रीलाई विश्वासको मत

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन