पोखरामा सातौं विरेन स्मृति १७ औं बिटीकप जारी, आज ८ खेल सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पोखरा। बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा आज (मंगलबार) ८ खेल सम्पन्न भएका छन् । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज भएको पहिलो चरण अन्तरगतकै खेलमा गण्डकी स्पोर्टस् क्लबलाई बेलीज् एफसीले ६–० गोलको फराकिलो अन्तरले पराजित गर्याे । बेलिजको जीतमा राकेश राईले ह्याट्रिक पूरा गरे भने दिपेश गुरुङले १ र साइमन तामाङले २ गोल गरे । क्लबका सचिव रेशम सापकोटाका अनुसार आज भएको दोस्रो खेलमा ह्याङओभरलाई दिव्यज्योतीकले १–० गोल अन्तरले हरायो । दिव्यज्योतीको जीतमा मन्जित थापाले निर्णायक गोल गरे ।

तेस्रो खेलमा माछापुच्छ्रे त्रिशक्ति क्लबले हरिचोक युनाइटेडमाथि ४÷१ गोल अन्तरले सहज जीत निकाल्यो । त्रिशक्तिको जीतमा मनिष ठकुरीले २ गोल गरे भने रविन नेपाली र आइत तामाङले समान १ गोलको योगदान दिए । चौथो खेलमा माइती गोर्खालाई कमलपोखरी एफसीले ३–० गोल अन्तरले पराजित गर्याे । कमलपोखरीको जीतमा प्रकाश तामाङ, विनम गुरुङ र अमित गुरुङले समान १ गोल गरे ।

पाँचौ खेलमा सिटी जिमलाई जिनाइन युनाइटेडले ५–० गोलको फराकिलो अन्तरले पाखा लगायो । जिनाइनको जीतमा बुद्धि तामाङ, दौलत गुरुङ, रोशन रानामगरले समान १ गोल गरे भने आशिष गुरुङले २ गोलको योगदान दिए । यसैगरी छैटौं खेलमा लिभिक कन्स्ट्रक्सन र शुक्लागण्डकीहेम्जाबीच भएको खेल गोलरहित भएपछि टाइब्रेकरमा शुक्लागण्डकीले ३–२ गोल अन्तरले पराजित गर्याे । सातौ खेलमा बगर युनाइटेडलाई भदौरे क्लबले ३–१ गोल अन्तरले हरायो ।

रामघाट क्लब र गार्डेन एफसीबीच भएको आजको अन्तिम खेल गोलरहित भएपछि टाइब्रेकरमा गार्डेनलाई ६–५ गोल अन्तरले हराउदै रामघाट दोस्रो चरणमा प्रवेश गर्याे । बुधबारपनि पहिलो चरणकै ८ खेल सञ्चालन गरिने आयोजकले जनाएको छ । आगामी १० गते सम्पन्न हुने प्रतियोगितामा कुल ५६ टिमको सहभागिता रहेको छ ।


काठमाडौं

सोमवार, बैशाख १५, २०८२

२१.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन