बुद्ध जन्मस्थल लुम्बिनीमा आए ५२ देशका पर्यटक

author

समाचारपाटी

२ years अगाडि

बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको आवागमनमा वृद्धि भएको छ। गएको वर्षको तुलनामा पर्यटक आवागमनमा उत्साह थपिएको छ। कोरोना महामारीपछि लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको आवागमन शून्यजस्तो भएको थियो।

सन् २०२१ मा तेस्रो मुलुकका ११ सय ५७ जना पर्यटक मात्रै लुम्बिनी आए। यो वर्षको नोेभेम्बरसम्म १८ हजार १ सय ७५ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। यद्यपि पर्यटकको बसाइ अवधिमा भने बढोत्तरी हुन सकेको छैन। लुम्बिनीमा सांस्कृतिकसँगै अन्य पर्यटकको आवागमन हुन्छ। तेस्रो मुलुकबाट आउनेमा धेरै भियतनामाका पर्यटक रहेको लुम्बिनी विकास कोषका सूचना प्रमुख डा. हरिध्वज राईले बताउनुभयाे। गत जेठमा भएको बुद्धजयन्ती समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आवागमनपछि भारतीय पर्यटकमा वृद्धि भएको छ। भारतीय पर्यटक खर्चिला मानिन्छन्। उनीहरूको वृद्धिले पर्यटन व्यवसायीमा उत्साह थपिने होटल व्यवसायी संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले बताउनुभयाे।

२०२२ को नोभेम्बरसम्म लुम्बिनीमा १ लाख ६ हजार २ सय २८ भारतीय पर्यटकले मायादेवी मन्दिर दर्शन गरेका छन। नोभेम्बर महिनामा मात्रै ३८ हजार ६ सय ८९ जना भारतीय पर्यटक आएका हुन्। ५१ वटा तेस्रो मुलुकबाट पर्यटक लुम्बिनी आएका छन्।

तथ्यांकअनुसार पछिल्लो दुई वर्षमा भारतीय पर्यटकको आगमन पनि बढ्दो छ। सन् २०२० मा भारतबाट मात्रै ३७ हजार २ सय ६ जनाले लुम्बिनीको दर्शन गरे। यो संख्या २०२१ मा बढेर ४३ हजार ७ सय ३२ पुग्यो। विस्तारै पर्यटन व्यवसाय चलायमान हुँदै गएर कोभिडको जोखिम कम हुनासाथ पर्यटकको चहलपहल पनि बढ्न लाग्यो। फलस्वरूप पछिल्लो ११ महिनामा मात्रै अर्थात् २०२२ को नोभेम्बर महिनासम्म १ लाख ८८ हजार २ सय ९८ भारतीय पर्यटक लुम्बिनी आएको लुम्बिनी विकास कोषका सूचना प्रमुख डा राईले जानकारी दिनुभयाे।

भारतीयसँगै तेस्रो मुलुकको पर्यटकको आगमन पनि बढ्दो छ। २०२० मा ४५ हजार ३ सय २९ जना तेस्रो मुलुकका पर्यटक लुम्बिनी आए पनि सन् २०२१ मा घटेर ११ सय ९७ जनामा समेटियो। विदेशी पर्यटक अधिकांश भियतनाम, जर्मनी फ्रान्स, चीन, रसिया, स्पेन, थाइल्यान्ड, म्यानमार, मलेसिया, इन्डोनेसिया, नेदरल्यान्ड, श्रीलंका, बेलायत, साउथ कोरिया र अमेरिकालगायतका देशका पर्यटक आएका छन्। अहिले सबैभन्दा बढी पर्यटक भियतनामका ५ हजार ३ सय ३१ जना पर्यटक लुम्बिनी आएका छन्।

लुम्बिनी विकास कोषले उपलब्ध गराएको तथ्यांकअनुसार सन् २०२० मा २ लाख १० हजार ३३ जना नेपालीले लुम्बिनी भ्रमण गरेकोमा सन् २०२१ मा ४ लाख ६३ हजार ९ सय ६३ जनाले भ्रमण गरे। यस वर्ष २०२२ को नोभेम्बरसम्मको अवधिमा ५ लाख ४५ हजार ८ सय ८२ जना स्वदेशी पर्यटक लुम्बिनी आएका छन्। यो रूपन्देही कपिलवस्तु र नवलपरासीबाहेकका पर्यटकको संख्या हो।

लुम्बिनी विकास कोषले नेपालीका लागि समेत टिकटको व्यवस्था गरेपछि आन्तरिक पर्यटकको तथ्यांकसमेत आउने गरेको छ। रूपन्देही, नवलपरासी र कपिलवस्तु बाहेकका जिल्लाका नेपालीबाट पनि प्रवेश शुल्क लिने र नेपाली विद्यार्थीलाई ५० प्रतिशत सहुलियत दिएर टिकट कायम गरिएको विकास कोषले जानकारी दिएको छ। पर्यटक आकर्षित गर्न अंग्रेजी नयाँ वर्षमा लुम्बिनीमा फेस्टिभलको आयोजना गरिएको छ। हरेक वर्ष होटल व्यवसायीले यस्ता कार्यक्रम गर्दै आएका छन्। लुम्बिनीमा पर्यटकको एक रात कटाउने गरी प्रवद्र्धनात्मक कार्यक्रम आवश्यक रहेको होटल व्यवसायी ज्ञवालीले बताउनुभयाे।

annapurnapost


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१८.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन