लुम्बिनी । बुद्ध जन्मभूमि लुम्बिनीमा ५ सय कुलपुत्र प्रव्रज्या कार्यक्रम हुने भएको छ। अखिल नेपाल भिक्षु महासंघ र थाइ भिक्षु महासंघको संयुक्त आयोजना तथा विभिन्न संघ संस्थाहरूको सहभागितामा उक्त कार्यक्रम हुने भएको हो।
यही मिति २०७९ (बु.सं. २५६६) फाल्गुन २७ देखि चैत्र १७ गते बुद्ध जन्मभूमि लुम्बिनीमा हुन गइरहेको ५ सय कुलपुत्र प्रव्रज्या कार्यक्रममा सहभागी हुन सम्पूर्ण बुद्ध धर्मावलम्बी संग आयोजक संस्थाले अनुरोध समेत गरेको छ।
५ सय कुलपुत्र प्रव्रज्या कार्यक्रमको लागि रजिष्ट्रेशन गर्ने मिति फाल्गुन २७ गते रहेको छ भने प्रव्रज्या हुने दिन चैत्र २ गते तथा चैत्र १७ गते कार्यक्रम समापन हुने भएको छ। उक्त कार्यक्रममा भाग लिन इच्छुक धर्मावलम्बीले अखिल नेपाल भिक्षु महासंघ, विश्व शान्ति विहार, मीनभवन अक्षेश्वर महाविहार, पुल्चोक, ललितपुर सम्पर्क गर्न सक्नुहुनेछ।