fbpx

बुद्धका सन्देश विश्वभर फैल्याउन उद्देश्यले आयोजित ‘बुद्ध थिएटर फेस्टिवल’ नाचघरमा सुरू

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत प्रस्तुत गर्न र बुद्धका सन्देश विश्वभर फैल्याउन आयोजित ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ सोमबारदेखि सांस्कृतिक संस्थानमा सुरु भएको छ । ६२औं विश्व रंगमञ्च दिवसको अवसर पारेर पर्यटन उद्योग तथा सहकारी मन्त्रालय बागमती प्रदेश, सांस्कृतिक संस्थान र डबली थिएटरले संयुक्त रूपमा आयोजना गरेको हो ।

काठमाडौंको बौद्धस्थित सेचिन गुम्बाका १० जना लामाले मन्त्रोचारण गर्दै सुरु भएको महोत्सवको पहिलो दिन सांस्कृतिक संस्थानको प्रस्तुति नाटक ‘चण्डालिका’ मञ्चन गरिएको थियो । माया थापाको परिकल्पना तथा निर्देशन रहेको यो नाटक एक अछूत युवतीले भिक्षुलाई पानी खुवाउँदा आएको समस्यामा केन्द्रित थियो । '' युवतीले प्यासी भिक्षु आनन्तलाई पानी खुवाएपछि उहाँकी आमाले छोरीबाट अनर्थ भएको बताउँनुहुन्छ । तर ती युवती पानी खुवाएपछि भिक्षु आनन्त प्रति सम्मोहित हुनुहुन्छ । जुन आमालाई उचित लाग्दैन । त्यो घटना देखेर आमाले तान्त्रिक विधाबाट भिक्षुलाई बोलाएर भिक्षु प्रति छोरीको सम्मोहन छुटाउँनुहुन्छ । सोही क्रममा भिक्षुको आशीर्वादले युवती सम्मोहन मुक्त हुनुहुन्छ । उहाँको जीवन फेरी सामान्य रुपमा चल्छ भने भिक्षु आफ्नै देश दर्शनमा फर्कनुहुन्छ ।''

नाटकमा शुशीला थापा, तीर्थराज पोखरेल, रेखा कटवाल, सुरेश थापा, श्रीकृष्ण शाही, नरहरि पराजुली, राम पुरी, सुरभि मगर, अनिशा न्यौपाने, वीना विश्वकर्मा, सलिना क्षत्रीले अभिनय गर्नुभएकाे थियाे । दुर्गाप्रसाद खतिवडाको संगीत संयोजन र तीर्थराज पोखरेलको गीत रचना रहेको नाटकको वाद्यवादन समूहमा दुर्गाप्रसाद खतिवडा, नरेश प्रजापति र रोहित सुवेदी हुनुहुन्थ्याे भने गायनमा दीपेन्द्र वज्राचार्य र शिला बिष्ट अली हुनुहुन्थ्याे ।

महोत्सव उद्घाटन समारोहमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले महान् दार्शनिक गौतम बुद्ध नेपालमै ओझेल परेको बेला उहाँको जीवनी, दर्शन र सन्देशलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा चिनाउन बुद्ध थिएटर फेस्टिवल आयोजना हुनु गौरवको विषय भएको बताउनुभएकाे छ ।

समारोहमा उपस्थित पाहुनाहरूलाई स्वागत गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले तेस्रो संस्करणसम्म आइपुग्दा परिपक्वता आएकाले आगामी संस्करणदेखि यस महोत्सवलाई अन्तर्राष्ट्रिय रूपमा आयोजना गरिने बताउनुभयाे । ‘बुद्ध दर्शनका अनुयायीहरू विश्वभर छन् । रंगमञ्चमार्फत उनीहरूलाई वुद्धभूमि नेपालमा आकर्षित गर्न आगामी संस्करणदेखि बुद्ध थिएटर फेस्टिवललाई अन्तर्राष्ट्रियस्तरमा लैजाने छौं’, महाप्रबन्धक राईले भन्नुभयाे ।

फेस्टिवल निर्देशक पुष्कर गुरुङले विश्व रंगमञ्च दिवसका अवसरमा इन्टरनेसनल थिएटर इन्स्टिच्युट ९आईटीई०को तर्फबाट इजिप्टका विश्वचर्चित रंगकर्मी समिहा अयुवद्वारा प्रेषित सन्देश वाचन गरेर सुनाउनुभयाे । सो अवसरमा ५० हजार रुपैयाँसहितको यो वर्षको डबली अवार्ड रंंगकर्मी अनुप बराललाई प्रदान गरिएको थियो । प्राडा अभि सुवेदीलगायतले हस्तान्तरण गरेको अवार्ड बराल पत्नी अभिनेत्री दिया मास्केले ग्रहण गर्नुभएकाे थियाे ।

चैत १७ गतेसम्म चल्ने महोत्सवको दोस्रो मंगलबार प्रशान्त बगाले निर्देशनमा ‘थ्री लाफिङ मंक्स’ मञ्चन भयो । पहिलो दिन मेघा हलमा भएको यो महोत्सव दोश्रो दिनबाट चौथो दिनसम्म सानो हलमा भईरहेको छ । यो महोत्सवमा बुधबार निकिता गुरुङ निर्देशित नाटक ‘प्रतिविम्ब’ र गीता थापा निर्देशित नाटक ‘पताक्षर’, बिहीबार वर्षा भण्डारी निर्देशित नाटक ‘पश्चाताप’ र सस्मिल मगर निर्देशित ‘अम्रपाली’ मञ्चन हुँदैछ । महोत्सवको समापनमा शुक्रबार वीरेन्द्र हमाल निर्देशित ‘चक्षु’ मञ्चन गरिनेछ । महोत्सवको यो तेस्रो संस्करण हो ।


काठमाडौं

शनिबार, जेष्ठ ५, २०८१

३०.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन