fbpx

बुद्ध थिएटर फेस्टिवलमा बुधबार दुई नाटक मञ्चन

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । काठमाडौंको जमल स्थित नाचघरमा १३ चैत सोमबारबाट तेश्रो संस्करणको ‘बुद्ध थिएटर फेस्टिवल–२०२३’ जारी छ । यो महोत्सव १७ चैत शुक्रबारसम्म नाचघरमा चल्ने छ । ६२औं विश्व रंगमञ्च दिवसको अबसर पारेर यो महोत्सव सुरु भएको हो ।

गौतम बुद्धको जीवनी र दर्शनलाई रंगमञ्चमार्फत प्रस्तुत गर्न र बुद्धका सन्देश विश्वभर फैल्याउन यो महोत्सव आयोजना गरिएको आयोजक संस्था सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले बताउनुभएकाे छ । महोत्सवमा यसपटक ७ वटा नाटक चयन भएका थिए ।

बुद्ध थिएटर फेस्टिबलमा बुधबार दुई वटा नाटक मञ्चन भए । जसमा दिउँसो १ बजे निकिता गुरुङ निर्देशित नाटक ‘प्रतिविम्ब’ नाटक मञ्चन गरिएकाे हाे । यस्तै बुधबार नै बेलुका ५ बजे यो महोत्सवमा गीता थापा निर्देशित नाटक ‘पट्टाचारा’ मञ्चन गरिएकाे हाे । महोत्सवको दोस्रो मंगलबार प्रशान्त बगाले निर्देशनमा ‘थ्री लाफिङ मंक्स’ मञ्चन भयो । पहिलो दिन मेघा हलमा भएको यो महोत्सव दोश्रो दिनबाट चौथो दिनसम्म सानो हलमा भईरहेको छ । महोत्सवमा पहिलो दिन नाटक ‘चण्डालिका’ मञ्चन भएको थियो । रबिन्द्रनाग टेगोरको कथामा आधारित यो नाटकलाई मायाँ थापाले निर्देशन गर्नुभएकाे थियाे ।

बुधबार प्रदर्शन गरिएको गीता घिमिरे थापा निर्देशित नाटक पट्टचारामा आफ्नै नोकरको मायाँप्रेममा परेकी एक सुन्दरी कन्याको प्रेम सँघर्ष र बुद्धलाई भेटेपछि ती युवतीमा आएको परिवर्चतको कथा प्रस्तुत गरिएको थियो । यो नाटकमा बीरेन्द्र हमालको लाईट डिजाईन। निर्देशक गीताको सेट डिजाईन। राजेन्द्र कट्टेल र रोशन चन्दको प्रकाश परिचालन। अर्जुन न्यौपानेको ध्वानी परिचालन थियो ।

नाटक पट्टचारामा निशान खत्री क्षत्री, अञ्जली शाह, रमेश देवकोटा, रेखा कटुवाल श्रेष्ठ, सुशिल दाहाल, खगेन्द्र बोहरा, पर्वती गिरी, मनिष चौलागाई, बीरेन्द्र बुढामगर, प्रदीप राई, बीमला सापकोटा, श्रीकृष्ण शाहीलगायतको अभिनय थियो । बुधबार मञ्चन गरिएको अर्को नाटक नाटक ‘प्रतिविम्ब’मा बाउ छोराबीचको प्रेम देखाईएको थियो । छोरा गुम्बा बसेपछि उसमा आएको परिवर्तनको कथा यसमा थियो । यो नाटकमा टेक बिक्रम थापा, अनिषा न्यौपाने, रमेश बहादुर खडका, मनिष चौलागाई, नरहरि पराजुली, सलिना क्षत्री, शुशिला थापा, पार्वती गिरी, चन्द्रकुमार सरु मगरले अभिनय गर्नुभएकाे थियाे ।

निशान क्षत्रीले सेट डिजाईन गरेको यो नाटकमा राजेन्द्र कट्टेल र रोशन चन्दको प्रकाश परिचालन, अरुण न्यौपानेको ध्वानी परिचालन, अनिषा न्यौपाने र नरहरि पराजुलीको भेषभुषा थियो। यो मोत्सवको अर्को आयोजक डबली थिएटरका अध्यक्ष एवम् रँगकर्मी पुष्कर गुरुङका अनुसार यो महोत्सवमा बिहीबार नाटक ‘पश्चाताप’ मञ्चन गरिने भएको छ । यो नाटकलाई वर्षा भण्डारी निर्देशित गर्दैहुनुहुन्छ । बिहिबार नै सस्मिल मगर निर्देशित ‘अम्रपाली’ पनि मञ्चन हुँदैछ ।

यो महोत्सवको समापनमा शुक्रबार हुँदैछ । महोत्सवमा शुक्रबार वीरेन्द्र हमाल निर्देशित ‘चक्षु’ मञ्चन गरिनेछ । यो पनि बुद्धको उपदेशमा आधारित नाटक रहेको निर्देशक हमालले बताउनुभएकाे छ ।


काठमाडौं

बिहिबार, जेष्ठ १७, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन