काठमाडौं । वि. सं. २०२४ सालमा स्थापित ब्रह्म स्पोर्टस् क्लबको ५५ औं वार्षिक साधारण सभा बाह्रवर्षे इनार, ब्रह्मटोल, काठमाडौं महानगरपालिका १२ वडामा सम्पन्न भएकाे छ । क्लबका अध्यक्ष श्री सगुनमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिका १२ वडाका वडा अध्यक्ष श्री बालकृष्ण महर्जनले स्थानीय स्तरको पुरानो क्लबको विकासमा वडाबाट सक्दो सहयोग गर्ने र सहकार्य गर्ने कुरा प्रष्ट्याउनु भएको थियो ।

५५ औं वार्षिक साधारण सभा पश्चात भएको ११ सदस्यीय कार्य समितिको निर्वाचनमा अध्यक्षमा श्री सन्देश मानन्धर, उपाध्यक्षमा श्री बिकास बज्राचार्य, सचिबमा श्री सत्यमान डंगोल, कोषाध्यक्षमा श्री नानीहेरा डंगोल महर्जन, सहसचिबमा श्री होलिका श्रेष्ठ तथा सदस्यहरु क्रमशः श्री इन्द्र महर्जन, श्री इन्द्रमान महर्जन, श्री अमिता महर्जन, श्री नानीहेरा प्रजापति, श्री विमला प्रजापति र श्री लक्ष्मीदेवी महर्जन निर्विरोध निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित कार्य समितिको पहिलो वैठकले स्थानीय टोलका बिभिन्न संघ संस्था तथा समूहहरुसंग वैठक बसी स्थानीय स्तरमा सहकार्य गरी अघिका कार्यक्रमहरु तय गर्ने निर्णय गरेको छ ।
