fbpx

बीपी साहित्य महोत्सवको बाँकी कार्यक्रम आज पुनः सुरु हुँदै

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको बीपी साहित्य महोत्सवको बाँकी कार्यक्रम आज पुनः सुरु हुँदैछ । महोत्सव आजै समापन हुनेछ । बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसले २४ भदौदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा साहित्य महोत्सव आयोजना गरेको थियो ।

संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि २६ भदौको कार्यक्रम नेपाली कांग्रेसले स्थगित गरेको थियो । सोही स्थगित कार्यक्रम आज गर्न लागिएको हो ।

आजको कार्यक्रम बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । अघिल्ला कार्यक्रम पार्टी कार्यालयको प्राङ्गणमा भएकोमा आजको कार्यक्रम भने कार्यालय भवनको हलमा हुने छ ।

साँझमा हुने गरी यसअघि तय गरिएको सांगीतिक साँझ कार्यक्रम भने तालिकाबाट हटाइएको छ ।

आज के–के हुन्छ ?

आज ‘बीपीको समाजवादी परिकल्पनामा शिक्षा’ शीर्षकमा शिक्षाविद केदारभक्त माथेमाको ‘की नोट स्पीच’ हुनेछ ।

यसैगरी ‘समावेशिता, सामाजिक रुपान्तरण र बिपी’ शीर्षकको छलफल कार्यक्रममा चित्र लेखा यादव, आहुति, मोहना अन्सारी सहभागी हुनेछन् । यसको सहजकर्ता हरि बहादुर थापाले गर्नुहुनेछ ।

वक्ताहरु शिव रिजाल, तारालाल श्रेष्ठ, धनकुमारी सुनार ‘समय र सबाल्र्टन’ शीर्षकको छलफल कार्यक्रममा सहभागी हुनेछन् ।

‘बिपीका आख्यानमा नारी’ शीर्षकमा वक्ताहरु नारायण चालिसे, रेणुका थापा ‘सोलु’, ज्ञानु अधिकारी र उमा सुवेदी, ‘परिवारले बुझेका बिपी’ शीर्षकमा डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला रहने छन् ।

यसैगरी कृष्ण सिटौला, दमननाथ ढुंगाना र निलाम्बर आचार्यले ‘बिपीको विचार, आजको संविधान र अबको बाटो’ शीर्षकको छलफलमा भाग लिने छन् । यसको सहजीकरण रमेश लेखकले गर्नुहुनेछ ।

onlinekhabar


काठमाडौं

शुक्रबार, मंसिर २१, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन