fbpx

पाकिस्तानमा फेरि बम आक्रमण बढ्यो

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । पाकिस्तानमा फेरि बम आक्रमणका श्रृंखला बढ्न थालेका छन्। केही वर्षसम्म शान्त देखिएको पाकिस्तानमा अतिवादीहरुले टाउको उठाएसँगै विस्फोटका घटना पनि बढेका हुन्।

पाकिस्तानको पेशावरस्थित एक मस्जिदमा नमाज पढिरहेका पुलिसकर्मीमाथि सोमबार बम आक्रमण हुँदा कम्तीमा पनि ५९ जना मारिएका छन्।

यो मस्जिद पुलिस मुख्यालय इलाकामा रहेको थियो। त्यहाँ सबैभन्दा कडा सुरक्षा व्यवस्था गरिएको हुन्छ।

शुरुवातमा पाकिस्तानी तालिबानका एक कमान्डरले यस घटनाको जिम्मेवारी लिएका थिए। तर केही समयपछि यो संगठनले बम हमलामा संलग्नता इन्कार गरेको छ।

यो चरमपम्थी समूहले गत नोभेम्बरमा पाकिस्तानसँग युद्धविराम भंग भएको घोषणा गरेसँगै हिंसाका घटना बढिरहेका छन्।

यसअघि डिसेम्बरमा पेशावरको एक पुलिस कार्यालयमा बम हमला भएको थिय।

सोमबारको हमलामा ५९ जना मारिएको स्थानीय अस्पतालका प्रवक्ताले बताएका छन्। यो हमलामा थप १५७ जना गम्भीर घाइते भएका छन्।

पेशावरका पुलिस प्रमुख मोहम्मद एजाज खानले स्थानीय सञ्चारमाध्यमलाई बताए अनुसार घटनाको समय त्यस क्षेत्रमा ३ सयदेखि ४ सयको संख्यामा पुलिस तैनाथ थिए।

मस्जिद रहेको क्षेत्र शहरको सबैभन्दा कडा सुरक्षा भएको मानिन्छ। यहाँ पुलिस मुख्यालय, जासुसी विभाग र आतंकवाद विरोधी ब्यूरोको कार्यालय पनि छ।

शरिफले हमलामा जसको संलग्नता भए पनि यसमा उनीहरुको ‘इस्लामसँग कुनै लेनदेन नरहेको’ बताएका छन्।

उनले अगाडि भनेका छन्, आतंकवादको खतराविरुद्ध देश एकजुट छ । सोमबार स्थानीय समयअनुसार दिउँसो १ बजेर ३० मिनेटमा मस्जिदमा शक्तिशाली बम आक्रमण भएको थियो।


काठमाडौं

शनिबार, चैत्र ८, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘काँग्रेस विचारमा विविधतासहितको पार्टी हो’:- नेता डा. मिनेन्द्रराज रिजाल

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...