कृष्णमणि बराल, पोखरा । बलिउड अभिनेता विवेक ओबराय पोखरामा साहसिक खेलमा रमाउनुभएकाे छ। पोखराको हेमजामा सञ्चालनमा रहेको जीप लाइन र स्वीङमा चढेर बलिउड अभिनेता ओबराय र उहाँका परिवार रमाउनुभएकाे हाे।
परिवारसहित बिहीबार पोखरा आउनुभएका ओबरायले भतीजको जन्म दिनमा चरा झै जीप लाइनमा रमाउन पाएकोमा निकै खुशी लागेको बताउनुभयाे । १४० किलो मिटर पर हावर स्पीडमा २ हजार मिटर माथीबाट जीप लाइनमा झर्दा एक्सन मुभीमा काम गर्दाको सम्झना आएको उहाँले सुनाउनुभयाे। जीवनमै नयाँ अनुभव भएको पनि उहाँले बताउनुभयाे। जीपलाइनबाट तल झर्दा चील झै आकाशमा उडे जस्तै रमालो अनुभव भएको पनि उहाँले बताउनुभयाे।
स्वीङ गर्दा पनि निकै रमाइलो लागेको उहाँले बताउनुभयाे। स्वीङ गर्दा छोटो तर निकै रमाइलो अनुभव भएको उहाँले बताउनुभयाे। नदी किनारमा स्वीङमा रमाउन पाउँदा सारै रमाइलो लागेको पनि उहाँले सुनाउनुभयाे। हाइग्राउण्ड एडभेन्चर्स नेपालले यस्तो रमाइलो खेल सञ्चालन गरेको र आफूले अनुभव लिन पाएकोमा निकै खुशी लागेको पनि उहाँले बताउनुभयाे। यसकालागी हाइग्राउड एडभेन्चर्स टिमलाई उहाँले धेरै धन्यवाद दिनुभयाे।
बलिउड अभिनेता विवेक ओबराय साहसिक खेल जीप लाइन र स्वीङमा रमाउँदा निकै खुशी लागेको हाइग्राउण्ड एडभेन्चर्स नेपालका निर्देशक दिनेश महर्जनले बताउनुभयाे। बलिउडका चर्चित कलाकार नेपालमा आएर यस्ता साहसिक खेलका गतिविधिमा सहभागी भएर समाजिक सञ्जालमा राख्दा नेपालको पर्यटन प्रवद्धनमा महत्वपूर्ण रहने उहाँले बताउनुभयाे।