fbpx

बलिउड अभिनेता सैफ अली खानमाथि राति चक्कु प्रहार

author

समाचारपाटी

४ हप्ता अगाडि

नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खानमाथि राति चक्कु प्रहार भएको छ। प्रहरीका अनुसार गए राती एक अज्ञात व्यक्ति सैफ अली खानको घरमा पसेका थिए। त्यसपछि सैफ र ती व्यक्तिबीच झगडा भएको थियो। उक्त व्यक्तिले चक्कुले प्रहार गरेपछि अभिनेता सैफ घाइते भएका र उहाँको उपचार भइरहेको छ। प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको बीबीसी समाचारमा उल्लख छ।

समाचार एजेन्सी एएनआईले मुम्बई प्रहरीलाई उद्धृत एक व्यक्ति सैफ अली खानको घरमा पसेर पहिले उहाँको घरेलु कामदारसँग झगडा गरेको, त्यसमा जब सैफले हस्तक्षेप गर्न खोजेपछि उक्त व्यक्तिले सैफमाथि आक्रमण गरेको जनाएको छ।

अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार बिहान करिब २.३० बजे सैफ अली खान र उहाँकी श्रीमती करीना कपूरको बान्द्रास्थित घरमा चोर पसेको थियो। यस समयमा सैफ आफ्नो परिवारसँग घरमा हुनुहुन्थ्याे। चोर घटनास्थलबाट भागेको र प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको उल्लेख गरेको छ।

उक्त रिपोर्टमा घटनाको बारेमा एक वरिष्ठ आईपीएस अधिकारीलाई उद्धृत गर्दै भनिएको छ, ''सैफ अली खानलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ।''सैफलाई राती ३:३० बजेतिर लीलावती अस्पताल ल्याइएको थियो।

उहाँको शरीरमा छ ठाउँमा चोट लागेको छ। जसमध्ये दुई घाउ गहिरो भएको डाक्टरले जनाएका छन्। एउटा घाउ मेरुदण्ड नजिकै छ। उहाँको शल्यक्रिया भइरहेको छ। शल्यक्रिया पछि मात्र चोटको गहिराइ पत्ता लगाउन सकिने जनाइएको छ।

डाक्लेटर सैफको घाँटीमा पनि चोट लागेको बताएका छन्। उनको बिहान ५;३० बजे शल्यक्रिया सुरु भएको जनाइएको छ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

१०.२४°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन...

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन