fbpx

२० औं वार्षिकत्सवको अवसरमा एक्सपर्ट पोखराद्वारा रक्तदान कार्यक्रम सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पोखरा । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्बिसेज पोखराले २० औं वार्षिकत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ६३ युनिट रगत संकलन भएको छ । लाइन्स क्लब अफ पोखरा आदर्श र पोखरा ट्रेड
मलको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापा प्रमुख अतिथि हुनुहुन्थ्याे ।

पहिलो रक्तदाता रोशन थापालाई ब्लड ब्याग हस्तान्तरण गरी उदघाटन गर्नुभएका थापाले एक्सपर्ट शैक्षिक परामर्श सँगै सामाजिक उत्तरदायित्वमा समेत क्रियाशिल रहनु सकरात्मक भएको उल्लेख गर्नुभयाे । उहाँले उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउने शैक्षिक संस्थाहरुले आम्दानी लिने मात्र नभई सामाजिक सेवामा समेत सक्रियता देखाउनुपर्ने बताउनुभयाे । उहाँले वर्षेनी लाखौं विद्यार्थीहरु उच्च शिक्षाका लागि विदेश जाने गरेता पनि फर्केर नेपाल नआउने समस्या बढ्दै गएको र
यसतर्फ शैक्षिक संस्थाहरु चनाखो रहनुपर्ने आवश्यकतालाई औंल्याउनुभएकाे छ ।

वर्षेनी उच्च शिक्षाका लागि विद्यार्थीहरु विदेश जान्छन् । तर स्वदेश फर्किनेहरु न्यून छन् । यो देशको समस्या हो । यस तर्फ शैक्षिक संस्थाहरु चनाखो रहनुपर्ने देखिन्छ ।’, उहाँले भन्नुभयाे । ईक्यान कास्कीका अध्यक्ष रमेश थापाले विगतका दिनहरुमा जस्तै अहिले पनि एक्सपर्ट पोखरा सामाजिक सेवामा सक्रिय भएको देख्दा खुशी लागेको बताउनुभयाे । पोखरा ट्रेडमलका अध्यक्ष मीनराज काफ्लेले पोखरा ट्रेड मल र एक्सपर्ट सहकार्य गर्दै अगाडि बढ्ने जानकारी गराउनुभयाे । लायन्स क्लब अफ डिस्ट्रिक ३२५ वानका संयोजक सन्तोष श्रेष्ठले शैक्षिक संस्थासँग सहकार्य गरी रक्तदान जस्तो पुनित कार्यक्रमको आयोजना गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयाे ।

कार्यक्रमका सभापति एक्सपर्टका एकेडेमिक हेड सली देवानले एक्सपर्ट आगामी दिनमा पनि समाज सँग जोडिएर नै अगाडि बढ्ने बताउनुभयाे । २० औं वार्षिक उत्सवमा आफुहरुले पुम्दिकोटमा सरसफाई, वृक्षारोपण, मानव सेवा आश्रममा आश्रित
सबैलाई खाना खुवाउने कार्यक्रमको समेत आयोजना गरिएको विषयमा जानकारी गराउनुभयाे ।

एक्सपर्ट पोखराका अप्रेसन म्यानेजर रमेश बास्तोलाले स्वागत गरेको कार्यक्रममा बासुदेव कोइराला, रक्तसंचार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र जिसी,पोखरा ट्रेड मलका संचालक राजु शर्मा, बासुदेव पराजुली, नवराज त्रिपाठी, गोविन्द प्रसाद पोखरेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन एक्सपर्ट पोखराका मार्केटिब अफिसर विष्णु प्रसाद गौतमले गर्नुभएकाे थियाे ।


काठमाडौं

शुक्रबार, मंसिर २१, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाबुराम भट्टराई र रवि लामिछानेबीच भेट, राजनीतिक प्रतिशोधको आरोप

१८ महिना सरकार चलाएर देउवालाई सत्ता हस्तान्तरण गर्ने ओलीको...

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन