लायन्स क्लब अफ अञ्जुली र आमा समुहद्वारा आयोजित रक्तदान कार्यक्रममा ७२ यूनिट रगत संकलन

author

समाचारपाटी

२ years अगाडि

पाेखरामा लायन्स क्लब अफ अञ्जुली र लागुपदार्थ नियन्त्रण समाज सुधार आमा समुहद्वारा आयोजित रक्तदान कार्यक्रममा ७२ यूनिट रगत संकलन भएको छ ।

खुल्ला रुपमा आयोजित सो रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै रक्तदान अभियन्ता सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाले रक्तदान मानव सेवाको महत्वपूर्ण कार्य भएको बताउनुभयाे ।

आफुले २०५५ सालदेखि निरन्तर रक्तदान गर्दै आएको स्मरण गर्दै रत्तदानले आत्मसन्तुष्टिसंगै खुसी दिएको बताउनुभयाे । कार्यक्रमका रत्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले प्रत्येक ३ महिनामा गरीने रक्तदानले शरीर स्वस्थ रहने हुँदा १७ बर्ष माथीका युवाले रत्तदान गर्नुपर्ने बताउनुभयाे । रगतको विकल्प रगतमात्र भएकाले रत्तदान सबैभन्दा पुण्यको कार्य भएको उहाँले बताउनुभयाे ।

कार्यक्रमको पहिलो रक्तदाता लायन्स क्लब अफ पोखरा अन्जुलीका अध्यक्ष मिना पौडेलको सभापतित्वमा भएको कार्यक्रममा लायन्स क्लब डिष्ट्रिक ग्लोबल लिडर प्रमुख अमृत शोभा खत्री, डिष्ट्रिक ब्लड कार्यक्रम प्रमुख सन्तोष श्रेष्ठ, क्लबका पूर्व अध्यक्ष भावना थापा, सान्त्वना पराजुली, लागुपदार्थ नियन्त्रण समाज सुधार आमा समुहका अध्यक्ष एवं कार्यक्रम संयोजक कल्पना वास्तोला, सल्लाहकार विश्व मोहन गौचन, उपाध्यक्ष भगवती गुरुङ्ग, सामुदायिक सेवा केन्द्र जिल्लाका उपाध्यक्ष विष्णु सुवेदी, उपाध्यक्ष साधना थापा लगाएतले रक्तदानको महत्व माथी प्रकाश पारेका थिए । उक्त रक्तदान कार्यक्रम सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्था, रेडियो सराङ्गकोट रेडियो र पोखरा महानगरपालिका वडा नं। ९ को सहकार्यमा भएको थियो ।


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन