fbpx

दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी

author

समाचारपाटी

२ years अगाडि

पोखरा । भारतसँगको दृष्टिविहीन महिला क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । पोखरा क्रिकेट मैदानमा भएको खेलमा विनिता पुनको १११ रनको उत्कृष्ट शतकसँगै नेपाल विजयी भएको हो । योसँगै नेपालको बी ३ समूहकी खेलाडी पुनले विश्व दृष्टिविहीन महिला क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बन्नुभएकाे छ ।

नेत्रहीन संघ गण्डकीले आयोजना गरेको नेपाल भारत दुइपक्षीय टी–२० दृष्टिविहीन महिला क्रिकेट सिरिजको उद्घाटन नेपालले टस जित्दै फिल्डिङ रोजेको थियो । ब्याटिङमा उत्रिएको भारतले नेपाललाई १७३ रनको लक्ष्य दियो ।

पहिले ब्याटिङ गरेको भारतीय टोलीकी गंगौभाले अर्धशतक पूरा गर्नुभएकाे थियाे । उहाँले आफ्नो टिमका लागि सर्वाधिक ७१ रन बनाउनुभएकाे थियाे । १७३ रनको लक्ष्य नेपालले १८ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका लागि मनकेशरी चौधरीले ३१ रन, सरिता घिमिरेले २१ रन बनाउनुभयाे । प्लेयर अफ द म्याच भएकी बिनिता पुनले ५ हजार रुपैयाँसहित मेडल प्राप्त गर्नुभयाे ।

मंगलबार देखि सुरु भएको खेल वैशाख १७ गतेसम्म चल्नेछ । अर्को खेल बुधबार पोखरामा क्रिकेट मैदानमा र बाँकी ३ खेल काठमाडौंको मूलपानीमा हुनेछन् ।

onlinekhabar


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन