fbpx

‘दाजुमाथि छानविन गर्ने कि भाउजुमाथि, मामामाथि छानविन गर्ने कि माइजुमाथि, प्रत्येकमाथि छानविन गर्नुस्’:-विश्वप्रकाश शर्मा

author

समाचारपाटी

३ हप्ता अगाडि

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका नेताहरुमाथि लगाइएको आरोपमाथि छानविन गर्न चुनौती दिनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि स्टेटको जग्गामा काँग्रेसले कमिसन खाएको आरोप लगाएको भन्दै सो विषयमा छानविन समिति बनाउन चुनौती दिनुभएको हो । उहाँले नेपाली काँग्रेसका नेताहरु छानविनको दायरामा आउन तयार रहेको बताउनु भयो । उहाँले गृहमन्त्री रवि लामिछानेले पनि काँग्रेसका नेताहरुमाथि संसदमा बोलेरै आरोप लगाउनुभएको भन्दै त्यसमा पनि सबैमाथि छानविन गर्न आफूहरु तयार रहेको बताउनु भयो । उहाँले काँग्रेस पार्टी सभापतिदेखि महामन्त्रीसम्म र दाजुदेखि भाउजुसम्म छानविन गर्न तया रहेको भन्दै कसलाई छानविन गर्ने हो भनि प्रश्न समेत गर्नुभयो । उहाँले प्रत्येक व्यक्तिमाथि नाम, थर, गोत्र, वजन, ठेगाना सबै लेखेर छानविन गरेपनि आपत्ति नभएको बताउनु भयो । 

उहाँले भन्नुभयो – ‘हामीमाथि आरोप लगाउनुभएको होइन पूर्वप्रधानमन्त्री केपी ओलीले कि कांग्रेसले गिरिबन्धुको जग्गा बेचेर कमिशन खायो । छानविन समिति त्यसमा पनि बनाऔँ न । हामी त्यसमा तयार छौँ । गृहमन्त्रीजीले संसदमा बोल्दै गर्दा काँग्रेसका सांसद, मन्त्री, प्रधानमन्त्रीमाथि आरोप लगाउनुभयो । को–को माथि छानविन गर्नुपर्यो ? सब छानविन गर्न हामी तयार छौँ । कांग्रेसको सभापतिमाथि छानविन गर्ने कि महामन्त्री माथि ? दाजुमाथि छानविन गर्ने हो कि भाउजुमाथि ? मामामाथि छानविन गर्ने हो कि माइजुमाथि ? प्रत्येकमाथि छानविन गर्नुस् । नाम लेखेर छानविन गर्नुस् । थर, गोत्र, वजन, ठेगाना लेख्नुस् । माइतिपटी लेख्नुस् । ससुरालीपटि लेख्नुस् । गोलाकार शंख र चक्र के–के छन् त्यो पनि लेख्नुस् । लेखिराखेर छानविन गर्नका लागि हामीलाई कुनै आपत्ति छैन ।’

महामन्त्री शर्माले वर्तमान सत्तारुढ गठबन्धनलाई सहकारीबन्धु गठबन्धन भएको टिप्पणी गर्नुभयो । एमालेले रास्वपालाई सहकारी प्रकरणमा साथ दिने र रास्वपाले एमालेलाई गिरिबन्धु प्रकरणमा साथ दिने सहमती साथ यो गठबन्धन अगाडी बढिरहेको उहाँले बताउनु भयो । उहाँले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रक्राउ गरिएकोप्रति पनि विरोध जनाउनु भयो । सिरोहियाले नागरिकता प्रकरणको छानविनमा सहयोग गर्न तयार रहेको कुरा सार्वजनिक रुपमा भन्दाभन्दै गिरफ्तार गरिएको भन्दै गृहमन्त्रीमाथि असन्तुष्टि व्यक्त गर्नुभएको हो । 

उहाँले भन्नुभयो – ‘अहिले यहाँ के देखियो भने सहकारी प्रकरणमा नेकपा(एमाले)ले साथ दिने । गिरिबन्धु प्रकरणमा रास्वपाले साथ दिने । त्यसैले सहकारीबन्धु गठबन्धनको रुपमा उहाँहरु देखिनु भएको छ । एउटा मिडिया हाउसको प्रमुख कैलाश सिरोहियालाई पक्राउ गर्नुहुन्छ । जबकी उहाँ के भन्दै हुनुहुन्छ सार्वजनिक रुपमा भन्दाखेरी भने म माथि जे खालको नागरिकताको सम्बन्धमा प्रश्न उठेको छ, सहयोग गर्न तयार छु । उहाँले भनिरहँदा रातारात भाग्नेजस्तो गरेर गिरफ्तार गरेर लिएर आउने । गिरफ्तार गर्ने निकायमा दुईवटा पासपोर्टको कारण छानविन हुनुपर्ने भनेर आरोपित व्यक्ति गृहमन्त्री हुनुहुन्छ । महान्यायाधिवक्ताको कार्यालयले छानविन नगर्नुपर्ने भनेको छ । महान्यायाधिवक्ताको कार्यालय भनेको पार्टीको भातृ संस्था हो ? रास्वपाको भातृ संस्था हो ? गृह मन्त्रालयको शाखा हो ? कहिले पासपोर्ट प्रकरणमा छानविन गर्नुपर्दैन भनिदिएको छ । कहिले सहकारीको सन्दर्भमा उहाँ संलग्न हुनुहुन्न भनेको छ । संवैधानिक इजालाश हो ? त्यसकारण अहिले सहकारी ठगिको सन्दर्भमा गम्भीरतापूर्वक उठाउनुपर्ने प्रश्न छ ।’ 
उहाँले गृहमन्त्री रवि लामिछाने संलग्न सहकारी ठगि प्रकरणको कान्तिपुरले श्रृङ्खलावद्ध रुपमा समाचार प्रकाशित गरेपछि बदला स्वरुप सिरोहियालाई पक्राउ गरिएको बताउनु भयो । उहाँले गृहमन्त्रीमाथि पनि दुईवटा पासपोर्ट प्रयोगको अभियोगमा छानविन हुनुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, जेष्ठ ३१, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न प्रेम सुवालको माग

एमालेको माग, भारत भ्रमणबारेमा प्रधानमन्त्रीले संसद्‍लाई जवाफ दिनुपर्छ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन