fbpx

मध्येपहाडमै भविष्यको खोजी गर्नसक्ने गरी नीति कार्यक्रम बनाउनुपर्छः उपाध्यक्ष विष्णुप्रसाद पौडेल

author

समाचारपाटी

४ महिना अगाडि

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मध्येपहाडी क्षेत्रमा नै भविष्यको खोजि गर्नुपर्छ भन्ने सन्देश दिनेगरी आगामी नीति तथा कार्यक्रम बनाउनुपर्ने बताउनुभएको छ । 

बुधवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मुख्यसचिव र मन्त्रालयका सचिवहरुलाई एमालले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताका माग समेटेको ध्यानाकर्षणपत्रका विषयमा छलफल गर्दै उपाध्यक्ष पौडेलले यस्तो बताउनुभएको हो । उहाँले संकल्प यात्राका क्रममा मध्येपहाडी लोकमार्ग क्षेत्रको विकासका ध्यान नदिँदा त्यो क्षेत्रमा जनसांख्यिक असन्तुलन आइरहेको भन्दै त्यस्ता खालका असन्तुलन रोक्नको लागि सरकारले आगामी वर्षको नीति कार्यक्रम र बजेटमा आउने गरी मन्त्रालयगत विषयलाई महत्वका साथ अगाडि बढाउन सचिवहरुलाई आग्रह गर्नुभयो । उहाँले सरकारले मध्यपहाडी लोकमार्गलाई देशको मेरुदण्डको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । नेता पौडेलले सरकारले मध्यपहाडी लोकमार्गको झुलाघाट–चिवाभञ्ज्याङसम्मकै डिपिआर परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले डिपीआर परिमार्जन गर्दा अनावश्यक रुपमा घुमेका मार्गलाई करेक्शन गर्न पनि आवश्यक देखिएको भन्दै करेक्शन गर्दा केही दूरी कम हुने बताउनु भयो । उहाँले मध्येपहाडी लोकमार्गको डिपिआर परिमार्जन गर्ने र नयाँ डिपिआर गर्ने क्रममा सम्भावित सुरुङ मार्गको अध्ययनमा समावेश गर्नुपर्ने बताउनु भयो ।

उहाँले मध्येपहाडी लोक राजमार्गलाई वर्तमान अवस्थाका प्रविधिलाई जोडेर बनाउने हो भने मध्येपूर्वका जिल्लाबासीहरु काठमाडौं आउँदा मध्येपहाडी लोकमार्ग प्रयोग गर्नसक्ने अवस्था रहेको बताउनु भयो । उहाँले मध्येपहाडी क्षेत्रको विकासमा सरकारले ल्याउने बजेटमा यो विषयलाई प्राथमिकताका साथ समावेश गर्न माग गर्नुभयो । उहाँले उक्त मार्गलाई दोब्बर लेनको बाटोको रुपमा निर्माण गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । उहाँले यस क्षेत्रमा सिंचाई, खानेपानी,कृषि,फलफूल क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यक देखिएको बताउनु भयो । उहाँले मध्येपहाडी क्षेत्रको समग्र विकासका लागि सडक पूर्वाधार सिंचाई,खानेपानी,शिक्षा स्वास्थ्य र भौतिक र मानविय विकासका सबै आधारित भएर माग पत्रमा समावेश गरेको भन्दै सचिवहरुले प्राथमिकता दिन आवश्यक रहेको बताउनु भयो । उहाँले मध्येपहाडको विकासको मुद्दालाई सरकारले प्राथमिकता दिनुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो,‘सरकारले मध्यपहाडी लोकमार्गलाई देशको मेरुदण्डको रुपमा विकास गर्नसक्छौं भन्ने हामीले भ्रमणको क्रममा निष्कर्षमा पुगेका छौं । त्यसको लागि सबै भन्दा पहिला मध्यपहाडी लोकमार्गको डिपिआर परिमार्जन गर्नुपर्छ । झुलाघाटदेखि चिवाभन्झाञ्ङसम्मको डिपिआर परिमार्जन गर्नुप¥यो । परिमार्जन गर्दा जहाँजहाँ अनावश्यक रुपमा घुमेको छ । त्यो करेक्शन गर्नुपर्छ । करेक्शन गर्दा मात्रै पनि केही दूरी कम हुन्छ । तत्काल गर्न आर्थिक रुपमा साथ नदिए पनि सधैँ यही अवस्थामा रहँदैन । त्यसले गर्दा मध्येपहाडी लोकमार्गको डिपिआर परिमार्जन गर्ने र नयाँ डिपिआर गर्ने क्रममा सम्भावित सुरुङ मार्गको अध्ययनमा समावेश गर्नुपर्छ । यो राजमार्गलाई वर्तमान अवस्थाका प्रविधिलाई जोडेर बनाउने हो भने मध्येपूर्वका जिल्लाबासीहरु काठमाडौं आउँदा मध्येपहाडी लोकमार्ग प्रयोग गर्न सक्छन् । पछिल्लो समय मध्येपहाडी क्षेत्रमा देखा पर्न थालेको जनसांख्यिक असन्तुलन देखापर्दैछ । जुनखालको बसार्इंसराईको असरमा छ मध्येपहाड त्यो समस्या समाधान गर्नसक्छौं । आगामी सरकारले ल्याउने बजेटमा यो विषयलाई प्राथमिकताका साथ समावेश गरियोस् । उक्त मार्गलाई डब्बल लेनको बाटोको रुपमा निर्माण गर्ने वातावरण बनाउन आग्रह गरे । यो क्षेत्रका सिंचाई, खानेपानी,कृषि,फलफूल क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यक छ । मध्येपहाडी क्षेत्रको समग्र विकासका लागि सडक पूर्वाधार सिंचाई,खानेपानी,शिक्षा स्वास्थ्य र भौतिक र मानविय विकासका सबै आधारित भएर माग पत्र बुझाएका छौं । मध्येपहाडको विकासमा सरकारले ध्यान दिन नसक्दा धेरै प्रकारको असन्तुलनको सामना मुलुकले गर्नुपर्ने स्थिति सिर्जना हुँदैछ त्यसतर्फ ध्यान दिनुपर्छ । मध्येपहाडको विकासको मुद्धालाई सरकारले प्राथमिकताका साथ लिएको छ भन्ने सन्देश दिँदै बसाईसराई होइन मध्येपहाडमा भविष्यको खोजी गर्नुपर्छ भन्ने सन्देश दिनेगरी अगाडि बढ्नुपर्ने आवश्यकता छ । त्यस हिसावले अगाडि बढ्नका निम्ति आउने आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा आउने गरी मन्त्रालयगत विषयलाई महत्वका साथ अगाडि बढाउनुहुन्छ भन्ने आशा गरेका छौं ।’

छलफलमा सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले एमालले बुझाएको सुझाव कुनै पार्टी विशेष भन्दा पनि समग्र देशको आवश्यकता र मध्येपहाडी क्षेत्र र आसपासका ठाउँहरुको समग्र विषय समावेश भएकाले त्यही अनुसार प्राथमिकता दिएर काम गर्न सचिवहरुलाई निर्देशन दिनुभयो । उहाँले मध्येपहाडी लोकमार्गको विषयमा आएका सुझावलाई अध्ययन गरेर मन्त्रालयगत गर्नुपर्ने आवश्यक निर्देशन मन्त्रीबाट लिएर अगाडि बढ्न सचिवहरुलाई आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो,‘ उहाँहरुले बुझाएको सुझाव कुनै पार्टी विशेष भन्दा पनि समग्र देशको आवश्यकता र मध्येपहाडी क्षेत्र र आसपासका ठाउँहरुको समग्र विषय समावेश भएको हुनाले कतिपय विषयहरु सर्वे गरेर काम गर्न सहज हुने देखिएको छ । त्यो सुझाव हेरेर मन्त्रालयगत रुपमा केके गर्न सकिन्छ । मन्त्रीहरुसँग समन्वय गरेर निर्देशन लिएर त्यो निर्देशनअनुसार अगाडि बढाउन सचिवहरुलाई निर्देशन गर्छु । सरकारका आगामी वर्षका नीति तथा कार्यक्रम र आयोजनाहरु हुन्छन् त्यसमा अहिले आएका मागहरुलाई कसरी समावेश गर्न सकिन्छ भन्ने हिसावमा काम गर्न आग्रह गर्दछु ।’

नेकपा एमालेले मंसिर १४ देखि पुस १ गतेसम्मको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताका माग र पार्टीले अनुभुति गरेका विषयहरूलाई समेटेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । त्यही विषयमा मन्त्रालयगत रुपमा कार्यान्वयनको लागि आवश्यक छलफल गरेको छ । ध्यानाकर्षणपत्रमा सडक, कृषि, उद्योग भवन निर्माण, खेलकुद, खानेपानी लगायतका विषय समेटिएका छन् ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, असार ३, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुस् : बालेन शाह

अमेरिकाले इजिप्टको विकासका लागि १३० मिलियन अमेरिकी डलर उपलब्ध...

‘सरकारले लगानी बोर्ड तत्काल खारेज गर्नुपर्छ’

समयमा नै किसानलाइ मल उपलब्ध गराउन रास्वपाको माग

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन