‘पूर्वराजा शाहलाई तत्काल पक्राउ गरी सम्पती छानबिन गरियोस्’:-विष्णुबहादुर विश्वकर्मा

author

समाचारपाटी

१ महिना अगाडि

राष्ट्रिय सभा सदस्यहरुले विभिन्न विकास निर्माणलगायतका विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 
सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । नेपाली काँग्रेसका सांसद कृष्णबहादुर रोकायले राष्ट्रिय गौरवको अयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटको भेरी नदीमा पुल बन्न नसकेकोप्रति सरकारको ध्यानकर्षण गराउनु भयो । उहाँले उक्त नदीमा पुल निर्माण कहिलेसम्म हुन्छ भन्ने बारे सम्बनिधत मन्त्रालयसँग जवाफ माग गर्नुभयो । उहाँले टेण्डर मागको प्रक्रिया शुरु गर्ने भनेको ६ महिना भयो भन्दै अब कहिले निर्माण प्रक्रिया शुरु हुन्छ भन्दै प्रश्न गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘मध्यपहाडी लोकमार्ग नेपालको राष्ट्रिय गौरवको आयोजना हो । यो आयोजनाले पूर्वपश्चिमका २६ जिल्लामा यातायातको सञ्जाल बिस्तार गर्ने उद्देश्य राखेको छ । तर जाजरकोटको मन्ताबीर र रुकुम, चौरजार र कुदु जोड्ने भेरी नदीमा सडक पुल हालसम्म नबन्दा हालसम्म उक्त आयोजनाले गति लिन सकेको छैन । मध्यपहाडी पुलको टेण्डर छिट्टै हुने भनेको पनि ६ महिना बितिसकेको छ । हाल अर्थ मन्त्रालयले स्रोत सुनिश्चिताको सहमती गर्न नसकिएको भन्ने छ यसको सत्यतथ्य के हो ? के कति कारणले टेण्डर हुन सकेको छैन र कहिले हुन्छ । भौतिक पूर्वाचार तथा यातायात मन्त्रालयमार्फत जवाफका लागि जोडदार माग गर्दछु ।’

नेकपा (एकीकृत समाजवादी) का सांसद घनश्याम रिजालले नेपाल र चीन जोड्ने दोलखाको लामाबगर नाका सञ्चालनमा सरकार उदासिन देखिएको बताउनु भयो । उहाँले पर्यटनलगायत आयात र निर्यातबाट उल्लेख्य राजश्व वृद्धि हुने भएको उक्त नाका सञ्चालन र पूर्वाधार निर्माण गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।  

उहाँले भन्नुभयो, ‘नेपाल र चीनबीचको पुरानो व्यापारिक नाकामध्ये दोलखा जिल्लाको लामाबगर नाका पनि एक हो । विगतमा उक्त नाकाबाट नेपाल र चीनबीच व्यापार हुने गरेको थियो । नेपालले उल्लेख्य राजश्व समेत संकलन गर्ने गरेको थियो । सोही नाका हुँदै त्रिदेशीय व्यापार गर्ने उद्देश्यका साथ २० को दशमै भन्सार अध्यागमण लगायत कार्यालयहरु स्थापना गरिएको थियो । २०५२ देखि सुरक्षाको कारण देखाउँदै उक्त नाका सञ्चालन हुन  सकेको छैन । आयात निर्यात र पर्यटनको माध्यमबाट नेपालले उल्लेख्य लाभ लिनसक्ने परिस्थिति हुँदा पनि सरकारले सरकारको उदासिनता निन्दायोग्य छ । तसर्थ ३ किलोमिटरको सडक जोड्न बाँकी रहेको नेपाल चीन र भारत जोड्न नाका जोड्नक लागि सरकारको ध्यानाकर्षण गराउँछु ।’

नेपाली काँग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले काठमाडौं–नारायणढ बुटवलको सडक निर्माणमा भइरहेको ढिलासुस्तीका बारेमा सरकारको न्यानाकर्षण गराउनु भयो । उहाँले निर्माणका लगि सबै ठाउँमा एकैपटक सडक भत्काएर सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्ने परेको बताउनु भयो । उहाँले पटकपटक म्याद थप्दा पनि सडक निर्माण सम्पन्न हुन नसक्नुको कारण सरकारसँग माग गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘काठमाडौं नारायणघाट बुटवलको सडक लामो समयदेखि अवरुद्ध हुँदा धेरै नागरिकले सास्ति भोग्नुपरेको छ । नारायणघाट बुटवल दूरी जम्मा दुई तीन घण्टाको हो । तर अहिले १५ देखि २० घण्टा लाग्ने गरेको छ । चाइनिज कम्पनीले निर्माण गर्ने जिम्मा लिएको यो सडक दुई पटक म्याद थप्ता पनि निर्माण पूरा हुन नसक्नुको कारण के हो ? 

नेकपा (माओवादी केन्द्र) का सांसद विष्णुबहादुर विश्वकर्माले चैत १५ को घटनाका पूर्वराजा ज्ञानेन्द्र शाहलाई सरकारले तत्काल पक्राउ गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । उक्त घटनाका सहायक कमाण्डरहरु जेल भएपनि मुख्य कमाण्डर शाहलाई सरकारले पक्राउ गर्न नसकेको उहाँको भनाइ छ । दरबार हत्याकाण्डका समेत योजनाकार समेत शाह भएको भन्दै सरकारले गिरफ्तार गरी सम्पती छानबिन गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘चैत्र १५ गने भएको वितण्डाले देश मर्माहित भएको छ । त्यसको सहायक कमाण्डर गिरफ्तार गरिएका छन्, सहायक कमाण्डर जेलमा छन् तर मुख्य कमाण्डर समातिएका छैन । मुख्य कमाण्डर भनेका प्रतिगमणका मुख्य नायक ज्ञानेन्द्र शाह हुन् । ज्ञानेन्द्र शाहलाई  अहिले पनि सकारले समाउन सकेको छैन । दरबार हत्याकाण्डका मुख्या योजनाकार पनि तिनै हुन भन्ने सर्वत्र चर्चा छ । ज्ञानेन्द्र शाहलाई गिरफ्तार गरियोस् र सम्पत्तिको पनि छानबिन होस् ।’राष्ट्रिय सभा सदस्यहरुले आर्थिक अनियमितता भ्रष्टाचारका उजुरी तथा राष्ट्रिय गौरवका आयोजनाहरुको कामकारबाहीबारे सरकारको ध्यानाकर्षण गराएको थिए ।

–न्युज एजेन्सी नेपाल


काठमाडौं

आइतवार, असार १, २०८२

२३.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

लुटतन्त्रको रक्षाका लागि सरकार र माओवादी मिलेः राजेन्द्र लिङदेन

राजनीतिक नेतृत्व रोमको राजाझैं आफैँमा मस्त छः सांसद मदनकुमारी...

प्रधानमन्त्रीको भ्रष्टाचारविरोधी भनाइ व्यवहारमा देखिएनः सांसद डा. शेखर कोईराला

शिक्षकहरुको तलव बढाउन पहल गर्छुः शेरबहादुर देउवा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आश्रम गुरुङ र रुपी सिङ्जाली मगरको स्वरमा “खाडी छिर्ने...

गायिका सुनिता ठगिमको स्वर रहेको गीत ‘जाली रुमाल’ सार्वजनिक

देउडा फ्युजनकी रानी लक्ष्मीले प्रतापसँग गाइन् ‘नौली हदेली’ लक्ष्मी...