विराटनगरमा डेंगुका बिरामी बढ्न थालेपछि ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान

author

समाचारपाटी

२ years अगाडि

विराटनगर । विराटनगर महानगरपालिकामा डेंगुका बिरामी बढ्न थालेपछि ‘खोज र नष्ट अभियान’ महानगरले सञ्चालन गरेको छ  ।  असारको तेस्रो साताबाट विराटनगर महानगरपालिकामा देखिएका डेंगु बिरामीको संख्या हालसम्म १८ पुगेको छ।

 डेंगुका बिरामी दिनप्रतिदिन बढ्दै गएपछि विराटनगर महानगरपालिकाले खोज नष्ट गर्ने अभियान सञ्चालन गरेको हो ।  एक साताअघिसम्म १० जनामा देखिएको डेंगु हाल  १८ जनामा देखा परेको महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलिले जानकारी दिनुभयाे । 

शुक्रबारबाट  महानगरले १९ वटै वडामा डेंगु रोगको रोकथाम र नियन्त्रणका ‘खोज र नष्ट गर’ अभियान चलाएको हो  ।   शुक्रबार बिहान ७ बजेदेखि ९ बजेसम्म १९ वटै वडामा डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरेको  स्वास्थ्य प्रमुख अलिले बताउनुभयाे । 

सबै वडामा सामाजिक संघसंस्था,विद्यालय,स्वास्थ्य संस्था, टोल संगठन,राजनीतिक दललगायतको सहभागीतामा घर–घरमा पुगेर डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको हो। डेंगु रोगको रोकथाम र नियन्त्रणका लागि विराटनगर महानगरपालिकामा सरसरफाइमा कार्यररत ३० जना कर्मचारीलाई बिहीबार ‘खोज र नष्ट ’ सम्बन्धी प्रशिक्षण समेत दिएको थियो ।

टायर,ड्रम,गमला,फ्रिज,कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेको उहाँले बताउनुभयाे ।  धरानलगायतका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण फैलिएपछि महानगरले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणको अभियानलाई तीव्रता दिएको हो ।


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.६६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन