काठमाडौं I कीर्तिपुरस्थित त्रिभुवन क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रनको स्कोर खडा गरेको छ।
विराटनगरका लागि स्कट एडवार्ड्सले सबैभन्दा धेरै ४५ रन बनाए। उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे। ओपनर लोकेश बमले २६ रन जोड्दा निकोलस किर्टोनले १९ रन बनाएका छन्। बसिर अहमदले २० बलमा १ छक्कासहित अविजित २१ रनको योगदान दिए।
बलिङतर्फ पोखरा एभेन्जर्सका सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए भने रेमोन रेइफरले ३३ रन दिएर २ विकेट झारे।
विराटनगरले पोखरालाई जित्न १४० रनको लक्ष्य दिएको छ।
अब पोखरा एभेन्जर्सले खेल जित्नका लागि १४० रनको लक्ष्य पछ्याउनुपर्नेछ।