काठमाडौं I नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै आफ्नो पहिलो जित दर्ता गरेको छ।
कीर्तिपुरमा बुधबारको दोस्रो खेलमा लुम्बिनीले दिएको १९२ रनको चुनौती विराटनगरले १९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो। विराटनगरका ओपनर लोकेश बमले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई जितसम्म पुर्याए।
यस जितसँगै विराटनगरले लिगमा आफ्नो हारको खडेरी तोड्दै नयाँ सुरुवात गरेको छ।